1634302656.jpg)
काठमाडौं । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले ट्राफिकले लिने गरेको १५०० जरिवानाविरुद्ध आन्दोलनको तयारी थालेका छ ।
जथाभावी चालकलाई निलम्बन र कारबाही लगायतका कार्यविरुद्ध आन्दोलनको तयारी थालेको महासंघका महासचिव भरत नेपालले बताए ।
उनकाअनुसार महासंघ केन्द्रीय पदाधिकारी, प्रदेश अध्यक्ष, वर्गीय संयोजक, वरिष्ठ सदस्य, केन्द्रिय सदस्य एवं सल्लाहकार र यातायात कम्पनीका अध्यक्षहरुबीच छलफल भइरहेको छ ।
“सरकार तत्काल समस्या समाधानका लागि कुनै निष्कर्षमा पुगेको छैन । काठमाडौं उपत्यका ट्राफिक प्रहरीबाट १५०० रुपैयाँ जरिवाना, चालक निलम्बन र जथाभावी कारबाही निलम्बनमा पर्ने गरेका छन् । ट्राफिकको यस्तो गतिविधिविरुद्ध कडा आन्दोलनको तयारीमा छौँ,” नेपालले भने ।
पछिल्लो समय ट्राफिक प्रहरीले सवारी चालकलाई तीव्र गतिमा निलम्बन गरिरहेको छ । ट्राफिकले पाँच पटकभन्दा बढी ट्राफिक नियम उल्लंघन गर्ने २५९ जना सवारी चालकको लाइसेन्स निलम्बनका लागि यातायात व्यवस्था विभागमा पठाएको छ ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम चालकले पालना गर्नु पर्ने सर्त तथा नियमहरू उल्लङ्घन गरेको पाइएकाले सोही ऐनको परिच्छेद ४ को दफा ६० बमोजिमको कसुर गरेको हुँदा सवारी चालक अनुमति पत्र निलम्बनका लागि पठाइएको ट्राफिकको दाबी छ ।