site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सर्वसाधारणबाट करोडौं उठाएको सहकारीमा ताला
Sarbottam CementSarbottam Cement

धनगढी । कैलालीको धनगढीमा रहेको शिवशिखर बहुद्देश्यीय सहकारी संस्थाको कार्यालयमा मंगलबार बिहानैदेखि भिड थियो । स्थानीय व्यवसायीदेखि ज्याला मजदुरसम्म आफूले बचत गरेको रकम झिक्न पुगेका थिए । तर, कार्यालयमा अधिकांश कर्मचारी भने थिएनन् । मंगलबारदेखि भने सहकारीको कार्यालयमा ताला छ । शिवशिखर बहुद्देश्यीय सहकारी संस्थाको सुदूरपश्चिम प्रदेश कार्यालयले सूचना जारी गर्दै कार्यालय बन्द रहेको जानकारी दिएको छ । 

भक्तपुरमा केन्द्रीय कार्यालय रही देशका अधिकांश जिल्लामा सेवा विस्तार गरेको शिवशिखर सहकारीका सुदूरपश्चिम प्रदेश प्रमुख हेमराज जोशीले सेयरधनी र ग्राहकको रकम फिर्ता गर्न नसक्ने स्थिति भएपछि मंगलबारबाट धनगढी सेवा कार्यालय बन्द गरेको जानकारी दिए । “पुँजी व्यवस्थापन हुन नसक्दा तथा बजारको लगानी असुली नभएकाले केही दिनका लागि सेवा बन्द गरिएको छ,” जोशीद्वारा जारी सूचनामा उल्लेख छ । सबै बचतकर्ता एकैपटक चल्ती खाता, मुद्दती रकम र सेयर रकम झिक्न आउँदा पुँजी व्यस्थापन हुन नसकेको उनले बताए । सहकारी आर्थिक संकटमा परेको खबर सार्वजनिक भएपछि सहकारीका ग्राहकले धमाधम रकम झिक्न खोजिरहेका हुन् ।

कैलाली धनगढी उपमहानगरपलिाका –१४ स्याउले बजारका प्रकाश मल्लले सहकारीमा राखिएको बचत रकम फिर्ता माग्न गए पनि नगद सकिएको भन्दै फिर्ता पठाइएको बताए । “बचत गरेको रकम पनि फिर्ता नदिएपछि लगानी डुब्ने चिन्ता बढेको छ,” उनले भने । 

Prabhu Bank
Agni Group
NIC Asia

यता, सहकारीका सुदूरपश्चिम प्रदेश प्रमुख जोशीले भने अर्को सूचना जारी नभएसम्म कार्यालय बन्द रहने जानकारी दिए । “अर्को सूचना नआएसम्म तथा पुँजी व्यवस्थापन नभएसम्म कार्यालय बन्द रहने जानकारी गराउँदछौं,” जोशीद्वारा जारी सूचनामा उल्लेख छ । 

सोही सहकारीको डडेल्धुरा शाखाले स्थानीयबाट झण्डै ४१ करोड संकलन गरेको छ । सहकारीका शाखा व्यवस्थापक डम्मरराज पनेरुले दिएको जानकारीअनुसार जिल्लामा ३९ करोड ८ लाख निक्षेप संकलन गरेको शिवशिखरको सेयर पुँजी रकम १ करोड ७४ लाख रहेको छ । तर, सहकारीले २ करोड ४ लाख मात्रै ऋण लगानी गरेको छ । यस्तै सोही सहकारीले झण्डै ५ करोडको लागतमा गार्डेन मार्ट पनि सञ्चालन गरिरहेको छ भने सोही हाराहारीमा सहकारीको भवनमा लागत लागेको बताइएको छ । 

Global Ime bank

325479472_1156730308320358_4221146925510491257_n1675822058.jpg

डोटीमा डडेलधुरा शाखाकै लगानीबाट शिवशिखर सहकारी सञ्चालन भइरहेको पनि शाखा व्यवस्थापक पनेरु बताउँछन् । तर, बजारबाट संकलन गरेको बाँकी रकमबारे भने जिल्ला शाखा नै अनभिज्ञ छ । सहकारी आर्थिक संकटमा परेपछि बचतकर्ता भने सशंकित छन् । दैनिक बचत, फिक्स बचतकर्तादेखि ठूलो रकम सेयर लगानी गरेका ग्राहकले आफ्नो लगानी डुब्न लागेको भन्दै रकम फिर्ता मागिरहेका छन् । तर, सहकारीको डडेलधुराको कार्यालयले कारोबार बन्द गरेको चार दिन बितेको छ । काउन्टर बन्द गरेर कार्यालय खुला राखेको डडेलधुरा शाखामा बचतकर्ताको भने भीड हुन्छ । दैनिकी मजदुरी गरेर जम्मा गरेको रकम फिर्ता दिन उनीहरू आग्रह गर्छन् । सहकारीका कर्मचारी भने नगद रकम नै नभएको भन्दै पन्छिरहेका छन् । 

शिवशिखर बहुद्देश्यीय सहकारी संस्था डडेलधुराका व्यवस्थापक पनेरुले पत्रकार सम्मेलन गर्दै भने, “ग्राहकहरूले हाम्रो रकम एकैपटक दिनुहोस् भनेर आइरहेका छन् । यसले समस्या बढेको हो ।” उनले बजारबाट संकलन भएको पुँजी भने सुरक्षित रहेको दाबी गरे । डडेलधुरा र धनगढी मात्र होइन शिवशिखरको बुटवल सेवा कार्यालयका बचतकर्ता ठगिएको खबर सार्वजनिक भएपछि सुदूरपश्चिममा रहेका सबै शाखा कार्यालयमा बचत, मुद्दती र सेयर रकम फिर्ता गर्ने बढेका छन् । उनीहरूले दैनिक बचत गर्न पनि छोडिसकेका छन् । जसले गर्दा सहकारी झनै आर्थिक संकटमा परेको छ ।

नेविसंघले दियो १५ दिने अल्टिमेटम
नेपाल विद्यार्थी संघ डडेलधुराले शिवशिखर सहकारीलाई जनताको लगानी सुरक्षित भएको ग्यारेन्टी गर्न १५ दिनको अल्टिमेटम दिएको छ । डडेलधुराका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेलाई ज्ञापनपत्र बुझाउँदै संघले यस्तो अल्टिमेटम दिएको हो । १५ दिनभित्र विश्वस्त आधारसहित जनताको रकम सुरक्षित भएको जानकारी नदिएमा नेपाल विद्यार्थी संघ डडेलधुराले शिवशिखर सहकारीका विरुद्ध संघर्षका कार्यक्रम तय गर्ने पनि जानकारी गराइएको छ । डडेलधुराका किसान, व्यापारी र दैनिक ज्यालादारी गरी जिविकोपार्जन गरिरहेका नागरिकले आफ्नो बालबालिकाको भविष्यलाई मध्यनजर गर्दै जम्मा गरेको बचत रकम डुब्ने खतरा बढेपछि नेविसंघ डडेलधुराले ध्यानाकर्षण भएको जनाएको हो । ‘डडेलधुराका जनताको करिब ४० करोड रकम संकलन गरी शिवशिखर बहुउद्देश्य सहकारी संस्थाले बजारमा करिब दुई करोड मात्र लगानी गरेको जनकारी प्राप्त भएकाले शिवशिखर  बहुउद्देश्य सहकारी संस्थाको बारेमा पत्रपत्रिकामा प्रकाशित समाचार साचो हो भने यसमा नेपाल विद्यार्थी संघ डडेलधुरा सरोकारवाला निकायलाई सत्य तथ्य छानबिन गरी दोषीलाई कानूनी दायरामा ल्याउन माग गर्दछ,’ नेविसंघ डडेलधुराका अध्यक्ष पवन ऐरद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । 

संघले सहकारीका सञ्चालकलाई समयमै सम्पर्क गरी जनताको लगानीलाई सुरक्षित गरिदिनसमेत आग्रह गरेको छ ।

 

  
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २५, २०७९  ०७:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC