site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सीके राउत भन्छन्– अहिलेको आवश्यकता राष्ट्रिय सहमति
फाइल तस्बिर।
Sarbottam CementSarbottam Cement

कलैया । जनमत पार्टीका केन्द्रीय अध्यक्ष एवं सांसद डा सीके राउतले अहिलेको आवश्यकता राष्ट्रिय सहमति भएको बताएका छन् । 

बाराको कलैयामा आज आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष राउतले राष्ट्रपतिका लागि राष्ट्रिय सहमतिको खोजी भइरहेको बताए । उनले मधेस प्रदेशमा आफ्नो पार्टीलाई सबैभन्दा ठूलो बनाउने गरी काम गरिरहेको उल्लेख गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

अन्य मधेसकेन्द्रित दलले सत्ता र शक्तिका लागि मात्र राजनीति गरेको उनले आरोप लगाए । भने, “मधेसी जनताको भवनामाथि खेलबाड गर्ने काम मात्र हुँदै आएको छ । अब जनमत पार्टी मधेसी जनताको भावनाअनुसार अगाडि बढ्छ ।”

सो अवसरमा अध्यक्ष राउतले शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेर काम गर्नका लागि सङ्घीय र प्रदेश सरकारमा रहेका मन्त्रीहरुलाई निर्देशन दिए । सङ्घीयता कमजोर पार्ने खेल हुन थालेको उल्लेख गर्दै उनले त्यसतर्फ आफ्नो पार्टी सचेत रहेको बताए । 

Global Ime bank

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य रामबाबु साह, सुनिल यादव, रौसन खातुन, गजानन्द यादव, सन्तोष पटेल, राजेश साहलगायतले आ–आफ्नो धारणा राखे । 

सो अवसरमा विभिन्न पार्टी परित्याग गरी जनमत पार्टीमा प्रवेश गरेकालाई अध्यक्ष राउतले टिका लगाएर स्वागत गरेका थिए । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  २१:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC