site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
हलबाट पहिलो हप्ता ६० प्रतिशत सेयर पाउनु पर्ने निर्माताको माग 
Sarbottam CementSarbottam Cement

काठमाडौं । चलचित्र निर्माता संघले हलबाट पहिलो हप्ता ६० प्रतिशत सेयर निर्माताले पाउनु पर्ने बताएको छ । पहिलो हप्ता ५० प्रतिशत सेयर पाउँदै आएका निर्माताले १० प्रतिशत सेयर थपेर ६० प्रतिशत पुर्याउन माग गरेका हुन् । 

दोस्रो हप्ता ५० र तेस्रो हप्ताबाट चलचित्र नउत्रिदासम्म ४० प्रतिशत सेयर पाउनु पर्ने संघको माग छ । अहिले दोस्रो हप्ता पनि ५० प्रतिशत र तेस्रो हप्तादेखि नउत्रिदासम्म ३५ प्रतिशत सेयर निर्मातले हलबाट पाउँदै आएका छन् । आफूले अगाडि सारेका यी माग लागु गर्न संघले विभागीय मन्त्रालयसमक्ष माग पनि गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

केही समय अगाडि काठमाडौंमा आयोजित निर्माताहरूको भेलाले तय गरेको माग संघले मन्त्रालयमा बुझाएको छ । संघको यो माग भने चलचित्र संघले पूरा गर्नु पर्नेछ । चलचित्र संघले सबै माग कसैले राख्दैमा पूरा हुन्छन् र गर्नुपर्ने वाद्ययात्मक अवस्था नरहेको बताइसकेको छ । यद्यपि, छलफलका लागि उसले वार्ता कमिटी गठन गरिसकेको छ । निर्माता संघले पनि वार्ता टोली गठन गरेको छ । 

चलचित्र संघले महासचिव नरेन्द्र महर्जनको संयोजकत्वमा पाँच सदस्यीय वार्ता कमिटी गठन गरेको छ । जसमा भाष्कर ढुंगाना, गोपालकाजी कायस्थलगायत सदस्य छन् । 

Global Ime bank

निर्माता संघले महासचिव सुनीलकुमार थापाको संयोजकत्वमा सात सदस्यीय वार्ता कमिटी गठन गरेको छ । वार्ता कमिटीमा रामबाबु गुरुङ, खगेन्द्र लामिछाने, दीपकराज गिरी, ज्ञानेन्द्र देउजालगायत सदस्य छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  ०६:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC