site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
सबै विमानस्थलमा फ्री वाइफाईको व्यवस्था गर्न निर्देशन
प्रतीकात्मक तस्बिर।

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सबै विमानस्थलमा फ्री वाइफाईको व्यवस्था गर्न निर्देशन दिएको छ । 

शुक्रबार सबै विमानस्थललाई पत्रचार गर्दै विमानस्थलमा आवतजावत गर्ने यात्रु तथा आगन्तुकको सुविधालाई ध्यान दिँदै यस्तो व्यवस्था गर्न निर्देशन दिइएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पत्रमा भनिएको छ, “उपरोक्त विषयमा तहाँ विमानस्थलमा आवतजावत गर्ने यात्रु तथा आगन्तुक एवं सेवाग्राहीसमेतको सेवा सुविधालाई ध्यानमा राखी विमानस्थलमा सबैले फ्री वाइफाई सेवा सहज तथा सुलभ तरिकाले उपयोग गर्न सक्ने गरी व्यवस्थित गर्नुहुन निर्देशानुसार अनुरोध गरिन्छ ।”

प्राधिकरणले यो पत्र ३६ वटै विमानस्थलका लागि जारी गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९  १७:५४
प्रतिक्रिया दिनुहोस्