site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
किन फरफराउँछ आँखा ?
Ghorahi CementGhorahi Cement

काठमाडौं । हामीमध्ये धेरैले आँखा फरफराएको अनुभव गरिरहेका हुन्छौँ । कतिले त आँखा फरफराउनुलाई आफ्नै तरिकाले व्याख्या गरिरहेका छन् । तर. स्वास्थ्यका दृष्टिकोणले आँखा फरफराउनु भनेको के हो त ? किन फरफराउँछ आँखा ? 

वास्तवमा आँखा फरफराउनु भनेको परेला छिटोछिटो गतिमा चल्नु वा फरफर गर्नु हो । कहिलेकाहीँ मानिसको आँखा दिनभर पनि फरफराउने गरेको पाइन्छ ।

Agni Group

आँखारोग विशेषज्ञ डा. प्रेरणा कंसाकारका अनुसार आँखा फरफराउनुका मुख्य कारणहरू तनाव र सुख्खापन नै हो ।आँखामा कुनैपनि एलर्जी भएमा पनि आँखा फरफराउने गर्छ । त्यस्तै, आँखालाई बढी तनाव हुने काम भएमा अथवा तनाव लिएर कुनै काम गरिरहेका समयमा पनि त्यसको प्रचिक्रियास्वरूप आँखा फरफराउने गर्छ ।

त्यसबाहेक सुख्खापन पनि आँखा फरफराउने अर्को मुख्य कारण हो जसमा विभिन्न बानी, व्यवहारका कुरा जोडिएका हुन्छन् । जस्तै, चिया, कफी बढी पिउने, मदिरा सेवन बढी गर्ने मानिसहरूमा आँखा सुख्खा हुने समस्या देखिन्छ र यसले अन्य असरसँगै आँखा फरफराइरहने हुनसक्छ ।

Global Ime bank

आँखा सुख्खा हुनुमा कम्प्युटर वा स्क्रिनमा धेरै कन्ट्याक हुनु, कन्ट्याक लेन्सको प्रयोग गर्नु र एलर्जीविरुद्धको औषधिहरू बढी प्रयोग गर्नु पनि हुनसक्छन् ।

विशेषगरी तनाव कम गर्नु, बेला बेलामा आँखालाई आराम दिनु, चिसो पानीले आँखा धोइरहनु नै यस्ता समस्याबाट बच्ने उपाय भएको डा. कंसाकारको सुझाव छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९  ०६:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC