site stats
बाह्रखरी :: Baahrakhari
विदेश
युक्रेनका रक्षामन्त्रीको दाबी– रुसले युक्रेनमाथि ठूलै हमलाको तयारी गर्दै छ

किभ । युक्रेनका रक्षामन्त्री ओलेक्सिल रेज्निकोभले रुसले नयाँ र ठूलो आक्रमणका लागि तयारी गरिरहेको र चाँडोमा २४ फ्रेब्रुअरीमा हमला हुनसक्ने चेतावनी दिएका छन् । 

उनले मस्कोले हजारौँ संख्यामा फौज जम्मा गरिसकेको र गत वर्षको सुरुको आक्रमणको वार्षिकी मनाउने क्रममा केही गर्ने प्रयास गर्न सक्ने बताएका छन् । सो आक्रमण रुसले २३ फ्रेब्रुअरीमा मनाइने पितृभुमि दिवसको रक्षाको संकेतको रूपमा पनि हुनसक्ने बताइएको छ । 

यो दिवस रुसको सेनाले वार्षिक रूपमा मनाउँदै आएको हो । त्यसैगरी क्रामातोर्स्क सहरमा रुसी फौजद्वारा भएको आक्रमणमा तीनजना मानिसको ज्यान गएको छ । प्रान्तीय गभर्नरका अनुसार दोनेत्स्क क्षेत्रको यस सहरको एउटा आवासिय भवनमा रुसी क्षेप्यास्त्र प्रहार हुँदा अन्य आठजना घाइते भएका छन् । उद्धारकर्ताहरूले अझै भग्नावशेषमा खोजी कार्य जारी राखेकाले मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ । 

आक्रमणलाई लिएर युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, “रुसी आतंकवादलाई रोक्ने एउटै उपाय भनेको यसलाई पराजित गर्नु हो । त्यसलाई ट्याङ्क, लडाकु जेट विमान र लामो दूरीका क्षेप्यास्त्र प्रहार गरेर परास्त गर्नु हो ।"

बीबीसीबाट । 

प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  २२:५२