site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अर्थमन्त्रीले बनाए नयाँ टिम, कसलाई कुन महाशाखा ?
फाइल तस्बिर।
Tiktok banner adTiktok banner ad

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नयाँ टिम बनाएका छन् । उनले महाशाखा प्रमुखहरूको सरुवा र कार्यविभाजन हेरफेर गरेका छन् । मन्त्री पौडेलले मन्त्रालयका ६ सहसचिवको सरुवा गरेर नयाँ सहसचिव भित्र्याएर कार्यविभाजन गरेका छन् ।

नयाँ कार्यविभाजनसँगै सहसचिव कृष्ण नेपालले आर्थिक सहायता समन्वय महाशाखा प्रमुखको जिम्मेवारी पाएका छन् । धनीराम शर्माले बजेट तथा कार्यक्रम महाशाखा प्रमुखको जिम्मेवारी पाएका छन् भने झक्कुप्रसाद आचार्यले वित्त क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुखको जिम्मेवारी पाउँदा लक्ष्मीप्रसाद निरौलाले प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी पाएका छन् ।

इश्वरीप्रसाद अर्यालले वित्तीय संघीयता समन्वय महाशाखा, रितेशकुमार शाक्यले राजस्व व्यवस्थापन महाशाखा, सुमन दाहालले आर्थिक नीति विश्लेषण महाशाखा र कमलप्रसाद भट्टराईले सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र प्रमुखको जिम्मेवारी पाएका छन् ।

यसका साथै, सेवन्तक पोखरेलले भन्सार विभागको उपमहानिर्देशकको जिम्मेवारी पाएका छन् भने शिवलाल तिवारीले भन्सार जाँचपास परीक्षण कार्यालयको जिम्मेवारी पाएको बताइएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  २१:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro