राजनीति
रास्वपा गृह मन्त्रालयबाट पछि हट्दैन : प्रवक्ता ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मुकुल ढकालले आफहरू गृहमन्त्रालयबाट पछि नहट्ने बताएका छन् ।
बिहीबारको बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले सहमतिअनुसार रास्वपाले गृह पाएको र अब पनि कुनै हालतमा नछाड्ने बताएका हुन् ।
प्रधानमन्त्रीले बोलाएपछि मात्र सांसदलाई पठाउने कि गैरसांसदलाई पठाउने भनेर पार्टीले निर्णय गर्ने उनको भनाइ छ ।
"गृह मन्त्रालय पार्टीले आएको हो । यसबाट पछि हट्दैन । मन्त्रीमा को पठाउने भन्ने पार्टीको निर्णय हो," उनले भने ।

प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९ २१:०१
प्रतिक्रिया दिनुहोस्