site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
प्रहरीको दोहोरो भूमिका : 'हत्या आरोपित'लाई सदन खुला, चौधरीलाई ‘खोजीखोजी’ पक्राउ

धनगढी । चुनाव जितेर आएका नयाँ सांसदलाई शपथ गराउँदा ७ पुसमा नेकपा (एमाले)का तर्फबाट निर्वाचित लक्ष्मी महतो कोइरी नयाँबानेश्वस्थित संसद् भवनमा थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई २६ पुसमा विश्वासको मत दिँदा पनि उनी संसद् भवनमै उपस्थित रहे । सभामुखको निर्वाचनको दिन पनि उनी संसद् भवन पुगे । 

तर, नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले कोइरीप्रति इसारा गर्दै हत्या आरोपी पनि संसद्मा रहेको र उनलाई पक्राउ गर्न गृहमन्त्रीलाई कसले रोकेको छ ? भन्दै प्रश्न गरे । खतिवडाको प्रश्नपछि फरार भएका कोइरीलाई प्रहरीले अझै पक्राउ गरेको छैन । 

महोत्तरी– १ बाट चुनाव जितेका कोइरीमाथि मधेस आन्दोलनका क्रममा नेपाल प्रहरीका सई थमन विश्वकर्माको हत्या गरेको आरोप छ । एम्बुलेन्समा रहेका विश्वकर्मालाई जबरजस्ती निकालेर हत्या गरेको आरोप लागेका कोइरीलाई उच्च अदालतले फरारको सूचीमा राख्दै पक्राउ गरेर अदालतमा पेस गर्न भनेको  छ । तर, सदनमा उनलाई नियन्त्रणमा लिनका लागि आवाज उठे पनि प्रहरी मुकदर्शक बन्यो ।

तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानले संसद्मै आफू विधि र प्रक्रियाभित्र काम गर्ने तथा कसैको दबाब स्वीकार नगर्ने भन्दै जवाफ फर्काएका थिए । त्यसपछि गृह मन्त्रालयले नै एउटा विज्ञप्ति पनि सार्वजनिक ग¥यो । 

“कोइरीलाई कानुनबमोजिम पक्राउ गरी कारबाही गर्न माननीय उपप्रधान एवं गृहमन्त्रीज्यूबाट पटकपटक प्रहरीलाई मौखिक निर्देशन भएकोमा पक्राउ नपरेकोप्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,” गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको थियो । 

तत्कालीन गृहमन्त्री लामिछानेसँगै लाइनमा लागेर विश्वासको मत दिएका कोइरीलाई पक्राउ नगरेको प्रहरीले बिहीबार अर्का फरार सांसदलाई भने नियन्त्रणमा लिएको छ । ती हुन्, नागरिक उन्मुक्ति पार्टीका तर्फबाट कैलाली क्षेत्र नम्बर २ मा विजयी भएका सांसद अरुणकुमार चौधरी । 

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी अशोक सिंहले चौधरीलाई बाँकेबाट पक्राउ गरिएको जानकारी दिए । “फरार सूचीमा रहेका सांसद चौधरीलाई पक्राउ गरी कैलाली ल्याउने तयारी भइरहेको छ,” उनले भने । 

तर, सत्ता गठबन्धनको प्रमुख दल एमालेका फरार सांसद पक्राउ गर्न बेवास्ता गरेको प्रहरीले चौधरीलाई खोजीखोजी पक्राउ गरेपछि नागरिक उन्मुक्ति पार्टी चिढिएको छ । “अपराधी थारूलाई मात्र देख्ने सरकारलाई हाम्रो समर्थन तिमीलाई चाहिँदैन रहेछ,” नागरिक उन्मुक्ति पार्टीकी अध्यक्षसमेत रहेकी सांसद रञ्जिता चौधरीले सामाजिक सञ्जालमा लेखेकी छन् ।

नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम संसदीय दलका नेता रामेश्वर चौधरीले यो सरकारले आफ्नो पार्टीलाई निशाना बनाएको बताए । “एमालेका हत्या आरोपी सांसदलाई सरकारले पक्राउ गर्न चासो दिएको छैन,” उनले भने, “हत्या आरोपी सदनमा खुलेआम छन्, तर अरुण चौधरीलाई खोजीखोजी पक्राउ गरिएको छ । थारु नेतालाई छानीछानी यो सरकारले नियन्त्रणमा लिइरहेको छ । यो नियोजित षडयन्त्रबाहेक केही होइन ।”

१० वर्षअघि दोषी ठहर भएका थिए चौधरी

०६६ साल भदौ ३ गते कैलालीको तत्कालीन बलिया गाविसका महादेव बजगाईको लु२त २११ नम्बरको ट्याक्टरमा नदीजन्य पदार्थ लोड गरिएको थियो । उक्त ट्याक्टरमा अहिलेका सांसद अरुणसहित वीरबहादुरलगायतका ८÷१० जनाले आगो लगाए । आगलागीबाट ट्याक्टरमा क्षति भयो ।

ट्रयाक्टरमा पेट्रोल छर्केर आगो लगाइएको भन्दै बजगाईले अरुण, वीरबहादुर र परशुराम चौधरीको नाममा मुद्दा दायर गरे । आगलागीबाट आठ लाख १९ हजार ४२३ रुपैयाँको नोक्सानी भएको भन्दै बजगाईले प्रतिवादीलाई मुलुकी ऐन आगो लगाउनेको महलको १ र ४ नम्बरको कसुरमा ४ नम्बर बमोजिम सजाय मागदाबी गरेका थिए ।

०७० वैशाख ९ गते कैलालीका तत्कालीन जिल्ला न्यायाधीश विष्णु सुवेदीको एकल इजलासले प्रतिनिधिसभा सदस्य रहेका चौधरीसहित पर्शुराम चौधरी र वीरबहादुर चौधरीलाई जनही ६ महिना कैद र आठ लाख १९ हजार ४२३ रुपैयाँ (दामाशाही) पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो । तर, सांसद चौधरी कैद भुक्तानी नगरेर फरार सूचीमा रहेका थिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  १७:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro