site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
स्थायी कमिटीमा प्रचण्डको ब्रिफिङ : गठबन्धनमा समस्या आयो 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनमा नै समस्या आएको बताएका छन् । 

आज पार्टी कार्यालय पेरिसडाँडामा बसको स्थायी कमिटी बैठकमा उनले गठबन्धनमा समस्या आएको बताएका हुन् । 

बिहान ११ लागि बोलाइएको बैठक अपराह्न ४ बजेका लागि सारिएको थियो ।  अपराह्न औपचारिक विषयमा प्रवेश नगरी बैठक सकिएको छ । 

उनले गठबन्धनमा समस्या आएकाले छलफलमा जुट्नुपर्ने भएकाले आफूलाई समय चाहिएको बताएका एक नेताले जानकारी दिए । स्थायी कमिटी बैठक भोलि ३ बजे बस्ने भएको छ । 

“रास्वपाको मात्रै कुरा होइन, गठबन्धनमा समस्या आयो । मलाई छलफलका लागि समय चाहियो । भोलि ३ बजे बैठक बसौं भन्ने कुरा भयो । आज बैठक औपचारिकतामा प्रवेश गरेन,” प्रचण्डले बैठकमा भनेका थिए । 

Global Ime bank

माओवादी गृह मन्त्रालय छाड्न नहुने पक्षमा छ । एमाले अध्यक्ष केपीशर्मा ओलीले विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दैै गृह मन्त्रालय रास्वपाले नै पाउनुपर्ने बताएका थिए । 

सरकारमा सहभागिताबारे निर्णय गर्न अहिले रास्वपाको बैठक बसिरहेको छ ।  उक्त बैठकको निर्णय हेरेर अघि बढ्ने कुरा भएको एक नेताले बताए ।

“रास्वपामा अहिले नै सरकार छाड्नुहुँदैन भन्ने मत बढेको सुनिएको छ । हामी सो बैठकको निर्णय कुरिरहेका छौं । सो बैठकको निर्णय हेरेर अघि बढ्छौं,” माओवादीका ती नेताले भने । 

ओलीको प्रतिक्रियाले थप जटिलता सिर्जना गरेको ती नेताको भनाइ छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  १७:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu