site stats
राजनीति
नागरिक उन्मुक्तिकी अध्यक्ष श्रेष्ठको प्रश्न– तीनपटक चुनाव लड्दा फरार नहुने, अहिले पक्राउ ?
फाइल तस्बिर।

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा सांसद रञ्जिता श्रेष्ठ चौधरीले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लेखिन्, “अपराधी थारूलाई मात्र देख्ने सरकारलाई हाम्रो समर्थन तिमिलाई चाहिदैन रहेछ ।” पार्टीका सांसद अरुणकुमार चौधरीलाई बाँकेबाट पक्राउ गरिएपछि रञ्जिताको यस्तो स्टाटस आएको हो । 

स्टाटस आएसँगै बाह्रखरीले उनलाई तपाईँहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गर्नुभएको हो भन्ने प्रश्न गरेको थियो । तर, उनले यो विषयमा आफू कुनै औपचारिक प्रतिकृया दिने मनस्थितिमा नरहेको र अहिले धनगढी जाँदै गरेको बताइन् ।

S.A.U
Agani Group

“नौ वर्षको घटनामा उहाँलाई दोषी भनी पक्राउ गरिएको छ । अनि नौ वर्षमा उहाँले तीनवटा चुनाव लड्नु भयो । चुनाव लडुन्जेल पनि नदेख्ने अनि सांसद जितेपछि फरार नहुने, अनि अहिले किन पक्राउ गरियो ?,” उनले बाह्रखरीसँग भनिन्, “यस्तै कुरामा स्टाटस लेखेको हो । सरकारको समर्थनको विषयमा म अहिले प्रतिकृया दिने मनस्थितिमा छैन ।”

चौधरी गएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनी कैलाली क्षेत्र नम्बर–२ बाट निर्वाचित भएका थिए । ०६६ सालमा ट्याक्टरमा आगो लगाएको अभियोगमा जिल्ला अदालत कैलालीले उनलाई ६ महिना कैद सजाय र आठ लाख १९ हजार रुपैयाँ बिगो भराउने फैसला गरेको थियो । जिल्ला अदालत कैलालीले ०७० वैशाख ९ गते यस्तो फैसला गरेको थियो । 

Global bank

कैलालीको गोरांगा खोलाबाट ढुंगा लिएर लम्कीतर्फ जाँदै गरेको ट्याक्टरमा ०६६ भदौ ३ गते आगजनी गरिएको थियो । मुद्दा खेपेका बेला जमानीमा रिहा भएका चौधरी फैसलाको बखत नै फरार रहेको फैसलामा उल्लेख छ ।

प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  १७:१४
प्रतिक्रिया दिनुहोस्