site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
युक्रेनमा भ्रष्टाचारविरुद्धको अभियानले पायो गति, प्रतिष्ठित व्यक्तित्वमाथि छानबिन हुँदै
Tiktok banner adTiktok banner ad

किभ । युक्रेनले भ्रष्टाचारविरुद्धको पछिल्लो कारबाही उच्च प्रतिष्ठित व्यक्तित्वहरूमाथि केन्द्रित गरेको छ । यसको शिकार मुलुककै सबैभन्दा धनी व्यक्तिमध्ये एक अर्बपति इहोर कोलोमोइस्की पनि भएका छन् ।

स्पष्ट शुद्धीकरणको एक अंशको रूपमा पूर्व गृहमन्त्री आर्सेन अनाकोभको घरमा पनि छापा मारिएको छ । 

युक्रनेले भ्रष्टाचारविरुद्ध अभियान नै थालेको छ । सरकारी अधिकारीहरूले भन्सार सेवाका नेताहरूलाई पनि बर्खास्त गरिएको जानकारी दिएका छन् । 

संसद्मा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको पार्टीका अध्यक्षले युद्धको दौरान युक्रेन परिवर्तन हुने बताएका छन् । टेलिग्राम मेसेजिङ एपमा अध्यक्ष डेबिड आर्खामियाले भनेका छन्, “यदि कोही पनि परिवर्तनका लागि तयार छैनन् भने राज्य आफैँ आएर उनीहरूलाई परिवर्तन हुन मद्दत गर्नेछ ।"

विशेष गरी युरोपेली संघ (ईयू)लगायत अन्य पश्चिमी साझेदारहरूले युक्रेनमाथि भ्रष्टाचारको समस्या समाधान गर्न व्यापक दबाब दिँदै आएका छन् । 

सन् २०१९ मा सत्तामा आउँदा जेलेन्स्कीले भ्रष्टाचारविरुद्ध लड्ने आफ्ना प्रमुख प्राथमिकतामध्ये एक भएको बताएका थिए । यसै साता किभले ईयूका प्रभावशाली अधिकारीहरू सम्मिलित एउटा शिखर बैठकको आयोजना गर्दै छ ।

यस बैठकलाई युक्रेनले २७ सदस्यीय ईयूमा प्रवेश गर्न महत्त्वपूर्ण दबाबका लागि प्रयोग गर्ने अनुमान गरिएको छ । 

बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १८, २०७९  २३:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro