site stats
बाह्रखरी :: Baahrakhari
देश
एक महिनाभित्र पशुपतिलाई सफा गर्ने मन्त्री किरातीको निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले एक महिनाभित्र ‘सफा पशुपति, पवित्र पशुपति’ अभियान सञ्चालन गर्न निर्देशन दिएका छन् । मंगलबार पशुपति क्षेत्र विकास कोष सञ्चालक समितिसँगको भेटका क्रममा उनले एक महिनाभित्र पशुपतिलाई सफा गर्न निर्देशन दिएका हुन् । 

“एक महिनाभित्रमा सफा पशुपति, पवित्र पशुपति भन्ने नाराका साथ पशुपति सफा हुनुपर्छ । मैले आकाश झार्नुस् भनेको छैन । आकाश झार्नुस् भनेको भए पो कूतर्क हुन्थ्यो । पशुपतिलाई सफा गरौँ ।”

बिहानतिर आउने तिर्थालुका कारण सफाइको काम प्रभावकारी नहुने भएकाले कारारमा कर्मचारी राखेर रातको समयमा काम गर्न सुझाव दिए ।

“मान्छे आइरहेको हुन्छ, सफा गरिहरहेको छ । त्यो सफा गरेको/नगरेका एउटै हो । एयरपार्टमा राति काम गर्दा सफा भएको छ । यहाँ पनि त्यसरी नै काम गनुस्,” मन्त्री किरातीले भने ।

Global Ime bank

उनले कर्मचारीसँग काम गर्ने कार्यतालिकाको क्यालेन्डर बुझाउन पनि आग्रह गरे । 

“पशुपति क्षेत्र विकास कोष के के काम गर्नै हामीलाई क्यालेन्डर चाहियो । पन्ध्र दिनमा तपाईंहरू के गर्ने, एक महिनामा के गर्ने, ६ महिनामा के गर्ने, एक वर्षमा के गर्ने, तत्कालीन, अल्पकालीन र दीर्घकालीन के गर्नु क्यालेन्डर चाहिन्छ । अब, क्यालेन्डरको आधारमा अनुगमन हुन्छ,” मन्त्री किरातीले भने ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  १६:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu