site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वाग्मतीका मुख्यमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा ढकाल नियुक्त
Tiktok banner adTiktok banner ad

काठमाडौं । वाग्मती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमकट्टेलको प्रमुख राजनीतिक सल्लाहकारमा नेकपा (माओवादी केन्द्र)का युवा नेता देवीप्रसाद ढकाल नियुक्त भएका छन् । 

भक्तपुर निवासी ढकाललाई आज बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेको हो । विशेष गरी अर्थ राजनीतिक विषयका जानकार ढकालको ‘समाजवाद र नेपाल’ पुस्तक प्रकाशित छ ।

यसअघि उनका विभिन्न ६ वटा पुस्तक समेत प्रकाशित भइसकेका छन् । मुलुकको अर्थतन्त्र तथा सामाजिक न्यायका विषयमा चासो राख्ने र सोही विषयमा कलम चलाउने ढकाल माओवादीभित्र बौद्धिक नेताको परिचय बनाएका छन् । 

यसअघि तत्कालीन अर्थमन्त्री बर्षमान पुनको प्रमुख स्वकीय सचिवको जिम्मेवारी समेत सम्हालेका ढकाल गत मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा माओवादी केन्द्रको चुनावी घोषणापत्र लेखन समिति सदस्यका रुपमा समेत काम गरेका थिए । 

वाग्मती प्रदेश सरकारले प्रदान गरेको जिम्मेवारीलाई आफूले इमान्दार भएर निर्वाह गर्ने नेता ढकालले बताए । उनले आफूलाई यस अवसर प्रदान गरेकामा मुख्यमन्त्री जमकट्टेल र बागमती प्रदेश सरकारलाई धन्यवाद दिए । रासस
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  १५:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro