site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निष्पक्ष, तटस्थ र मर्यादित भएर काम गर्छु : उपसभामुख 
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले स्वतन्त्र, निष्पक्ष, तटस्थ र मर्यादित भएर काम गर्ने बताएकी छन् । 

सोमबार उदयपुरको चौदण्डीगढीमा मगर संघ चौदण्डीगढी नगर कमिटीद्वारा आयोजित कार्यक्रममा उपसभामुख रानामगरले संविधानले दिएको जिम्मेवारीअनुसार आफूले स्वतन्त्र, निष्पक्ष, तटस्थ र मर्यादित भएर काम गर्ने बताइन् । 

आफू सदैव जनताको पक्षमा उभिएर काम गर्ने जिकिर गर्दै उनले आफ्नो कर्तव्यबाट बिचलित नभएर सभामुखसँग सहकार्य गरेर संघीय संसद्लाई अझ व्यवस्थित र मर्यादित बनाउने उल्लेख गरिन् ।

उनले संविधानअनुसार सबै जातजाति र सबै वर्ग समुदायको हक र हितमा आफू सधैँ काम गर्नेसमेत प्रतिबद्धता व्यक्त गरे ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १९:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro