site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
उद्योगमन्त्री भण्डारीले भने– गहुँ आयात खुलाउने पहल हुँदै छ
फाइल तस्बिर।
Ghorahi CementGhorahi Cement

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गहुँ आयातमा लागेको प्रतिबन्ध हटाउन छलफल भइरहेको बताएका छन् । सोमबार मन्त्रालयमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छासहितको प्रतिनिधिमण्डलसँगको भेटवार्तामा गहुँ आयातको सम्बन्धमा भारतसँग छलफल भइसकेको र तत्काल आयात खोल्ने पहल भइरहेको बताए ।

भेटवार्तामा भारतले अहिले गहुँ आयात रोक्दा नेपाली मैदा मिलहरू समस्यामा परेकाले यसको निराकरणका लागि सरकारबाट यथाशीघ्र पहल हुनुपर्नेमा व्यवसायीले जोड दिएका थिए ।

Agni Group

महासंघको पहलमा तयार भएको स्टार्ट अपनीतिका सम्बन्धमा अन्तिम छलफल गरेर पारित गर्नसमेत सो अवसरमा महासंघकातर्फबाट आग्रह गरिएको थियो । यस सम्बन्धमा आवश्यक छलफल आयोजना गर्न महासंघ तयार रहेको पनि सो अवसरमा जानकारी गराइएको बताइएको छ । मन्त्री भण्डारीले स्टार्टअप नीति अन्तिम चरणमा पुगेको र छिट्टै पारित हुने जानकारी दिएका थिए ।

छलफलमा महासंघका अध्यक्ष गोल्छाले अस्थिर ब्याजदरका कारण विशेषतः साना व्यवसायी अत्यन्त प्रताडित हुनुु परेको बताएका थिए । इन्धनको मूल्य समायोजन हुन नसक्दा लागत बढ्न गएको र मुद्रास्फितिमा समेत चाप परेको तथ्य गोल्छाले राखेका थिए ।

Global Ime bank

उद्योगहरुमा अघोषित लोडसेडिङका कारण उत्पादन थप प्रभावित बनेको, बजारमा उधारोको समस्या विकराल बन्दै गएको अवस्थामा उधारो उठाउनेसम्बन्धी कानुन यथाशीघ्र ल्याउनुु पर्नेमा जोड दिइएको थियो ।

कोभिडयता लगानी हुन नसकेका कारण आगामी केही वर्ष अर्थतन्त्रमा समस्या कायम रहने कुरा पनि अध्यक्ष गोल्छाले बताए ।

महासंघले प्रधानमन्त्री पुष्ककमल दाहाल (प्रचण्ड)को आशन्न भारत भ्रमणका क्रममा नयाँदिल्लीमा नेपाल–भारत लगानी सम्मेलन आयोजना गर्ने र त्यसमा भारतस्थित महासंघको साझेदार संस्था सिआईआई सह–आयोजक रहने कार्यक्रम रहेको पनि जानकारी गराइएको बताइएको छ । सो सम्मेलनमा मन्त्रालयका तर्फबाट आवश्यक समन्वय गरिदिनसमेत आग्रह गरिएको महासंघले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १८:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC