site stats
कला
‘छक्का पञ्जा–४’को ‘दर्शन सलाम...’ बोलको गीत सार्वजनिक

काठमाडौं । नेपाली कथानक चलचित्र ‘छक्का पञ्जा–४’को गीत सार्वजनिक गरिएको छ । निर्माण पक्षले युट्युब च्यानलमार्फत आज चलचित्रको ‘दर्शन सलाम...’ बोलको लोक लयमा आधारित गीत सार्वजनिक गरेको हो । 

राजेन्द्र थापाको शब्दरचना रहेको गीतमा दीपक शर्माले संगीत भरेका छन् । स्वर डेविड शंकर र सहिमा श्रेष्ठको छ । एरेन्जर उदयराज पौडेल रहेका छन् । 

Agani Group

कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा चलचित्रका  मुख्य कलाकार फिचर्ड छन् । दीपकराज गिरी, स्वस्तिमा खड्का, दीपाश्री निरौला, केदार घिमिरे, बुद्दि तामाङ, राज आचार्यलगायत कलाकारलाई भिडियोमा देख्न सकिन्छ । 

हेमराज बिसीको निर्देशन रहेको चलचित्र ‘छक्का पञ्जा–४’ फागुन १९ गते रिलिज हुँदै छ । चलचित्रका कार्यकारी निर्माता केदार घिमिरे र निर्मल शर्मा हुन् । 

Global bank

‘छक्का पञ्जा’का यसअघिका सिरिज दीपाश्री निरौलाले निर्देशन गरे पनि यो सिरिज भने हेमराज बिसीले निर्देशन गरेका हुन् । ‘छक्का पञ्जा–३’ नेपालमा हालसम्म सबैभन्दा धेरै ग्रस कलेक्सन गर्ने चलचित्र हो ।  

प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १७:१९
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय