site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सोमालियामा कारबाहीका क्रममा अल सेबाबका १३६ लडाकाको मृत्यु
Tiktok banner adTiktok banner ad

मोगादिसु । सोमालियामा अल सेबाबका कम्तीमा पनि १३६ जना लडाका मारिएका छन् । अल सेबाबका लडाकाका विरुद्धमा यहाँको सुरक्षा फौजले गरेको कारबाहीका क्रममा ती लडाका मारिएका बताइएको छ । अधिकारीहरुले गएका केही हप्तायतादेखि यहाँ हिंसा जारी राखेको सो समूहका विरुद्धमा सैन्य कारबाही थालेको छ ।

दक्षिण सोमालियामा गरिएको सो सैन्य कारबाहीमा परेर अरु तीनजना कमाण्डर पनि मारिएका बताइएको छ । शनिबार र आइतबार गरिएका सो कारबाहीमा उनीहरु मारिएका सोमालियाका सूचना मन्त्री अब्दिरमान युशुफ अल अदालाले जानकारी दिएको छ । 

दक्षिणी सोमालियको जनाला सहरमा विदेशी सुरक्षा फौज र सोमालियाली सेनाले गरेको संयुक्त कारबाहीका क्रममा सो क्षेत्रमा रहेका अल सेबाब आतङ्ककारी मारिएका बताइएको हो । मन्त्री अल अदालतले सो कारबाहीका क्रममा परेर अरु १०० जना लडाका घाइते भएका पनि जानकारी दिए । आइतबार राजधानी मोगादिसुमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले सो कुराको जानकारी दिएका हुन् । 

मन्त्री अदालतले हिजो मारिएका तीनजना कमाण्डर समय समयमा सोमालियामा ठूला हिंसात्मक हमलाहरुमा सहभागी भएका कैयौँ मानिसको ज्यान लिएका व्यक्तिहरु रहेका जानकारी जानकारी दिए । उनले सोमालियाले देशबाट आतङ्कवादको अन्त्य गर्ने उद्देश्यका साथ पछिल्लो समयमा अल सेबाबका विरुद्धको कारबाहीलाई सशक्त बनाएको पनि बताए । रासस/सिन्हवा
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १३:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro