site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
दक्षिण अफ्रिकामा जन्मोत्सव भेलामा बन्दुकधारीको आक्रमण, आठजनाको मृत्यु
Sarbottam CementSarbottam Cement

जोहानेसबर्ग । दक्षिण अफ्रिकाको एक सहरमा जन्मदिन मनाइरहेका मानिसहरूको एक समूहमाथि बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा आठजनाको मृत्यु भएको छ । घटनामा अन्य तीनजना घाईते भएको स्थानीय सञ्चारमाध्यमले बताएका छन् । 

पोर्ट एलिजाबेथको दक्षिणी बन्दरगाह शहर जिकेबेर्हामा भएको गोलीकाण्डमा मारिएकामध्ये जन्मदिन मनाइरहेका घर मालिक र केही पाहुनाहरूको मृत्यु भएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

घरका मालिकले आफ्नो जन्मदिन मनाइरहेका बेला आइतबार साँझ दुई अज्ञात बन्दुकधारी आँगनमा पसेर पाहुनामाथि गोली चलाएको प्रहरीले जारी गरेको एक विज्ञप्तिमा पुष्टि गरिएको छ ।

बन्दुकधारीहरूले ‘अतिथीहरूमाथि अन्धाधुन्ध गोली चलाएका र आठजनाको मृत्यु भएको’ छ भने घटनामा गम्भीर घाइते भएका अन्य तीनजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । आक्रमणको कारण भने खुल्न सकेको छैन ।

Global Ime bank

पूर्वी केप प्रान्तका प्रान्तीय प्रहरी प्रमुख नोम्थेथेलेली मेनेले हत्यालाई ‘मानव जीवनको घोर अवहेलना’ भन्दै निन्दा गरेका छन् । घटनाबारे अनुसन्धान भइरहेको र घटनामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

दक्षिण अफ्रिका संसारको उच्च हत्या दर भएका म्लुकमध्ये एक हो र यहाँ सामान्य भनाभनबीच नै नै गोली चलाउनुलाई सामान्य मानिन्छ । अक्सर जातीय झगडा र रक्सीको कारण यस्ता हत्या हुने गर्छन् । 

गत वर्ष दक्षिण अफ्रिकाको जोहानेसबर्ग र पूर्वी शहर पिटरमारिट्जबर्गको श्रमिक वर्गको उपनगरीय इलाकामा रहेका छुट्टाछुट्टै बारहरूमा गोली चल्दा करिब दुई दर्जनको मृत्यु भएको थियो ।

गृहमन्त्री भेकी सेले, राष्ट्रिय प्रहरी आयुक्त फान्नी मासेमोला र अपराध विज्ञहरूले सोमबार बिहान घटनास्थलको अवलोकन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउने बताएका छन् । रासस/एएफपी
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १२:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC