site stats
देश
ललितपुरमा कार र  ट्याक्सी ठोक्किँदा दुई जनाको मृत्यु, ६ घाइते

काठमाडौं । ललितपुरमा कार र  ट्याक्सी आपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका १७ ग्वार्कोस्थित बीएण्डबी अस्पताल नजिकै गएराति कार र  ट्याक्सी आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो । ६ जना घाइते भएका छन् । 

दुर्घटनामा ट्याक्सीमा सवार ६ जना र कारमा सवार २ गरी ८ जना घाइते भएका थिए । ट्याक्सीमा सवार ललितपुरको ताल्चीखेल बस्ने सुनसरीका ४७ वर्षीय सरोज कुमार बिक र कारमा सवार काठमाडौंको कलंकी बस्दै आएका मोरङका अन्दाजी ३५ वर्षीय धनबहादुर बस्नेतको उपचारको क्रममा बिएण्डबी अस्पताल मृत्यु भएको प्रहरीले जनाएको छ । 

S.A.U
Agani Group

अन्य घाइतेहरूको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइते भएकामध्ये कार चालक कलंकी बस्ने झापाको बिर्तामोडका ३५ वर्षीय वीरबहादुर बिकको अवस्था गम्भीर रहेको छ । 

ग्वार्कोबाट सातदोबाटोतर्फ आउँदै गरेको बा २ ज ३४२० नम्बरको ट्याक्सी र विपरित दिशाबाट जाँदै गरेको बा ४ च १ नम्बरको कार गएराति साढे १२ बजे आपसमा ठोक्किएका थिए ।  कार चालक बिकले मदिरा पिएको खुल्न आएको प्रहरीले जनाएको छ ।
 

Global bank

प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  ०९:४३
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय