site stats
बाह्रखरी :: Baahrakhari
विदेश
शिक्षिकालाई गोली हान्ने बालकसँग बन्दुक रहेको चेतावनी दिँदा पनि विद्यालयले बेवास्ता गरेको आरोप

वासिङगटन । अमेरिकाको भर्जिनियामा ६ वर्षीय विद्यार्थीले शिक्षिकालाई गोली हानेको दिन ती बालकले बन्दुक बोकेको आशंकामा विद्यालयका प्रशासनलाई जानकारी दिएपनि बेवास्ता गरिएको आरोप लागेको छ ।

पीडित शिक्षिकाका वकिलका अनुसार एउटै कक्षाका अर्को एक विद्यार्थीले उनले आफूलाई बन्दुक देखाएको बताएको आधारमा पनि ती आक्रमणकारी बालकको शरीरको खानतलासीका लागि अनुरोध गरिएको बताइएको छ ।

गत साता मात्र अस्पतालबाट डिस्चार्ज गरिएकी २५ वर्षीया शिक्षिका एविगेल ज्वेर्नर अहिले स्वास्थ्य लाभ गरिरहेकी छन् । यस घटनालाई लिएर सुरु भएको विवादको क्रममा विद्यालयका सुपरीवेक्षकले जागिर गुमाएका छन् । जर्ज पार्कर नाम सुपरीवेक्षकलाई बर्खास्त गर्न रिचनेक प्राथमिक विद्यालयको बोर्ड सदस्यहरूले पक्षमा पाँच र विपक्षमा एक मत दिएका थिए । 

ज्वेर्नरका वकिल डियाने टोस्कानोले सो गोलीकान्ड चाहेको भए पूर्ण रूपमा रोक्न सकिने भएकाले क्षतिपूर्तिका लागि जिल्ला अदालतमा मुद्दा दायर गर्ने घोषणा गरको केही घन्टापछि नै पार्करलाई हटाइएको थियो । 

Global Ime bank

प्रहरीले कसैलाई अभियोग दायर गरिसकेको छैन । स्थानीय प्रशासनले गत ६ जनवरीमा भर्जिनियाको न्युपोर्ट न्युज सहरमा भएको यो गोलीकान्ड नियतवश भएकाले कसलाई कुन कानुनी कारबाही गरिने भन्दै प्रश्नहरू उठाएको थियो । वकिल टोस्कानोले एकैदिन तीनपटक सम्म ती बालकसँग हतियार हुनुपर्ने चेतावनी दिइँदा पनि विद्यालय प्रशासनले बेवास्ता गरेको गुनासो गरेकी छन् । 

बीबीसीबाट ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १२, २०७९  २१:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu