site stats
विदेश
जापानमा सयौँ विद्यालयमा बम आक्रमणको धम्की दिनेको व्यापक खोजीमा प्रहरी

टोक्यो । जापानमा सयौँ विद्यालयमा बमबारी गर्ने र ज्यान मार्ने धम्की पठाउने एक व्यक्तिको प्रहरीले व्यापक खोजी थालेको छ । ती व्यक्तिको धम्कीका कारण हतारहतारमा विद्यालयहरू बन्द गरिएका थिए ।

राजधानी टोक्योमा दर्ता गरिएको नम्बरबाट यसै साताको सुरुमा माध्यमिक विद्यालय र विश्वविद्यालयहरूमा फ्याक्समार्फत धम्की पठाइएको थियो ।

प्रहरीका अनुसार कुनै पनि विद्यालय भवनमा कुनै पनि विस्फोटक पदार्थ भेटिएको छैन भने विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूमाथि पनि कुनै आक्रमण भएको छैन । 

S.A.U
Agani Group

विश्वमै न्यून अपराधदर रहेको मुलुकका रूपमा चिनिने जापानमा बम धम्कीका घटना विरलै हुन्छन् । सोमबार मुलुकभरिका विद्यालय तथा विश्वविद्यालयहरूमा पहिलो चरणको धम्कीपूर्ण सन्देश आउन सुरु भएको थियो । 

जापानका सरकारी अधिकारीहरूका अनुसार साइतामा क्षेत्रमा मात्रै १७० वटा भन्दा बढी विद्यालयमा बम आक्रमण धम्की आएको थियो ।  

Global bank

स्थानीय सञ्चार माध्यमका अनुसार एउटा सन्देशमा ३३० वटा भन्दा बढी बम जडान गरिएको दाबी रहेको थियो भने अर्को सन्देशमा 'मैले मुख्य बम जडान गरेको हुँ' उल्लेख गरिएको थियो । केही सञ्चार माध्यमले बम निष्क्रिय गर्नका लागि सन्देशमार्फत पैसा मागिएको र प्रतिबमको दुईहजार ३२० अमेरिकी डलरदेखि भाउ तोकिएको जनाएका छन् ।

त्यसैगरी मंगलबार ओसाका, साइतामा र टोक्यो नजिकको इवाराकी लगायतका अन्य विभिन्न क्षेत्रमा रहेका विद्यालयहरूमा सोही नम्बरबाट विद्यार्थी र शिक्षिकाहरूको घरमै निर्मित हतियारबाट हत्या गरिदिने धम्कीपूर्ण सन्देशहरू प्राप्त भएको थियो । 

धम्कीका कारण बन्द गरिएका अधिकांश विद्यालय बिहीबार पुन: खुलेका छन् । जापानमा अहिले पनि सामान्य कामकाजमा फ्याक्स मेसिन प्रयोग हुने गरेका छन् ।  

बीबीसीबाट ।

प्रकाशित मिति: बिहीबार, माघ १२, २०७९  २०:३९
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय