site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
दिलीप हत्या मुद्दामा अदालतले झिकायो प्रतिवेदन तयार पार्ने टोली
Sarbottam CementSarbottam Cement

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरका ओमप्रकाश महतो (दिलीप) हत्या मुद्दामा अदालतले प्रतिवेदन तयार पार्ने व्यक्तिलाई झिकाउन आदेश दिएको छ । जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले प्रतिवेदन तयार पार्ने व्यक्ति बुझ्ने आदेश दिएको हो । 

०७६ पुस २५ गते चुरियामाई बालुवा प्रशोधन क्रसर उद्योगमा आबद्ध व्यक्तिहरूले औरही खोलामा दिलीपको हत्या गरेको आरोप उनको परिवारले लगाएको छ । घटनास्थलमा पुगेर तत्कालीन प्रहरी निरीक्षक राम लेखी यादव, रामकुमार भण्डारी र कुलान्नद अमातको टोलीले प्रतिवेदन तयार पारेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

अदालतले उनीहरू तीनैजनालाई अदालतमा हाजिर हुन आदेश दिएको हो । 

यसअघि गत मंसिर २९ गते हत्यामा प्रयोग भएको भनिएको टिपर धनीलाई बुझ्ने आदेश दिइएको थियो । गएको पुस २८ गते अदालतमा उनको बकपत्र भएको थियो ।

Global Ime bank

यो मुद्दामा हालसम्म २० वटा पेसी चढिसकेको छ । तर, मुद्दा किनारा लागेको छैन । न्यायका लागि दिलीपको परिवारले तीन वर्षदेखि अदालत धाइरहेको छ ।

हत्या आरोपमा धनुषा प्रहरीले क्रसर सञ्चालक विपीन महतोसहित सातजनालाई पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये धरौटी रकम बुझाएर चारजना रिहा भइसकेका छन् । उनीहरू अहिले तारेखमा छन् । दिलीप हत्या आरोपमा पक्राउ परेका रोसन कुमार यादव, विनादे महतो, सत्यनारायण महतो र सत्रुधन महतो रिहा भइसकेका छन् । मुनिन्द्र महतो, विपीन महतो र जितेन्द्र महतो पुर्पक्षका लागि थुनामा छन् ।

जाहेरीवाला पक्षका वकिलले आरोपितलाई जन्मकैद हुनुपर्ने र पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  १९:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC