site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ज्यान मुद्दाका फरार व्यक्ति नौ वर्षपछि पक्राउ
प्रतीकात्मक तस्बिर ।
Tiktok banner adTiktok banner ad

भक्तपुर । ज्यान मुद्दामा फरार रहेका एक व्यक्तिलाई प्रहरीले नौ वर्षपछि पक्राउ गरेको छ ।

प्रहरीले सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–१ का ४२ वर्षीय इमबहादुर कार्कीलार्ई काठमाडौंको ठमेलबाट पक्राउ गरेर बुधबार अदालतमा पेस गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए ।

वि.सं. २०७० जेठ २७ गते मध्यपुरथिमि नगरपालिकाको चार दोबाटोमा ओम हस्पिटल एन्ड रिसर्च सेन्टरको बा३च ५३७५ नम्बरको एम्बुलेन्सले बा४०प ५०७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक शिवशरण रेग्मीको मृत्यु भएपछि कार्की फरार रहेका थिए ।

प्रहरीले कार्कीलाई प्रहरी वृत्त थिमिको हिरासतमा राखेर आवश्यक कारबाहीका लागि जिल्ला अदालतमा पेस गरेको प्रहरी उपरीक्षक केसीले जानकारी दिए । रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  १५:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro