site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
फाइनलमा पराजित सुष्माले जितिन् ऐतिहासिक रजत पदक 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालकी सुष्मा तामाङले थाइल्यान्डको बैंककमा भएको एएसबीसी एसियन यू–२२ बक्सिङ च्याम्पियनसिपमा स्वर्ण पदक जित्ने सुनौलो मौकाबाट चुकेकी छन् ।

फाइनलमा पराजित भएपनि सुष्माले नेपालका लागि ऐतिहासिक रजत पदक जितिन् । एसियालीस्तरको कुनै पनि उमेर समूहमा नेपाली खेलाडीले रजत पदक जितेको पनि यो पहिलो पटक हो । यसअघि, एसियन गेम्समा नेपाली खेलाडीले कास्यपदक जितेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

च्याम्पियनसिपमा बुधबार भएको महिला ४८ किलो तौलसमूहको फाइनलमा उज्वेकिस्तानकी फोजिलोभा फरजोनासँग पराजित भएपछि सुष्माले स्वर्ण जित्ने अवसर गुमाइन् । सुष्मा उज्वेकिस्तानकी फरजोनासँग अंकको आधारमा ५ः० ले पराजित भइन् । 

सुष्माले माघ ८ गते मंगोलियाकी जर्नागुलीलाई तेस्रो राउन्डमा रेफ्री स्टोप कन्टेस्ट (आरएससी) को आधारमा पराजित गर्दै फाइनलमा स्थान बनाएकी थिइन् । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  १५:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement