site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
टाइगर कप भलिबल : महिलातर्फको सेमिफाइनल समीकरण पूरा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । पोखरामा जारी टाइगर कप अन्तर्राष्ट्रिय आमन्त्रण क्लब भलिबल च्याम्पियनसिपमा महिलातर्फको सेमिफाइनल समीकरण पूरा भएको छ ।

बुधबार भएको राउन्ड रोबिन लिगको अन्तिम दुई खेलमा न्यु डायमन्ड युथ स्पोर्ट्स र सशस्त्र प्रहरी बलको एपीएफ क्लब विजयी भए । योसँगै महिलातर्फको सेमिफाइनल समीकरण पूरा भएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

पोखरा रंगशालास्थित कभर्ड हलमा भएको महिलातर्फ दिनको पहिलो खेलमा न्यु डायमन्डले आयोजक गण्डकी प्रदेशलाई ३–१ को सेटमा हरायो । डायमन्डले पहिलो सेट १९–२५ ले गुमाएको थियो । तर, त्यसपछिका लगातार तीन सेट जित्दै डायमन्डले खेल आफ्नो पक्षमा पार्‍यो । डायमन्डले दोस्रो, तेस्रो र चौथो सेटमा गण्डकीलाई २५–१५, २५–१४ र २५–११ को स्कोरमा हरायो ।

जितसँगै न्यु डायमन्ड राउन्ड रोबिनका तीन खेलमा तीन अंक जोड्दै तेस्रो स्थानमा रह्यो । तीनै खेलमा पराजित गण्डकी अंकविहीन रह्यो । दुवै टोलीले यसअघि त्रिभुवन आर्मी क्लब र एपीएफसँग पराजय व्यहोरेका थिए ।

Global Ime bank

लिगका सबै खेलमा हार व्यहोरे पनि महिलातर्फ चार टोलीको मात्र सहभगिता रहेकाले गण्डकीले पनि सेमिफाइनल खेल्नेछ ।

सेमिफाइनलमा न्यु डायमन्डले आर्मीसँग खेल्नेछ । बुधबारै भएको महिलातर्फको दोस्रो खेलमा आर्मी एपीएफसँग पराजित भयो । तालिकाको दोस्रो स्थानमा रहँदै आर्मीले सेमिफाइनलमा डायमन्डलाई प्रतिद्वन्द्वीका रूपमा पाएको हो ।

एपीएफले आर्मीलाई ३–१ को सेटमा हरायो । आर्मीविरुद्ध एपीएफले २५–१७, २२–२५, २५–१६ र २५–१५ को स्कोरमा जित निकाल्यो । लिगको शीर्ष स्थानमा रहेको एपीएफले अब फाइनल प्रवेशका लागि पुछारको गण्डकी प्रदेशविरुद्ध खेल्नेछ । दुवै सेमिफाइनल खेलहरू भोलि (बिहीबार) हुनेछन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  १४:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC