site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
दुईवटा केवलकार निर्माणपछिको बुटवल कस्तो बन्ला ?
Ghorahi CementGhorahi Cement

बुटवल । ऐतिहासिक जितगढी किल्ला रहेको स्थान । गौतमबुद्धको जन्मस्थल । आर्थिक क्षेत्रको पहिचान । लुम्बिनी प्रदेशको अस्थायी राजधानी । लुम्बिनी प्रदेशको मुकामलगायतको परिचय बोकेको बुटवल क्षेत्रको पहिचान थप्नका लागि यतिबेला केबलकार निर्माणको कार्य धमाधम भइरहेको छ । 

बुटवलदेखि पाल्पाका दुई ऐतिहासिक स्थान नुवाकोट र बसन्तपुरसम्म सजिलै र छिटो पुग्न सक्ने महत्वकांक्षी योजनासहित दुई ठूला केबलकारका परियोजना बुटवलमा निर्माणाधीन अवस्थामा रहेका छन् ।  

लुम्बिनी प्रदेश मुकामबाट स्थायी राजधानी दाङमा सारेपछि चहलपहल कम हुने अनुमान गरेका बुटवलका स्थानीय एवं व्यवसायीहरु केबलकारको परियोजनाले आशावादी बनेका छन् ।  

Agni Group

रुपन्देहीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि ठूलाठूला होटेलमा लगानी गरेका यहाँका व्यवसायीले यी दुई केबलकारले यस क्षेत्रमा आर्थिक चलायमान हुने भन्दै हौसिएका छन् । 

तिनाउ नदी वारिपारि आधार (बेस) स्टेसन राखेर बुटवलमा लुम्बिनी केबलकार र सिद्धार्थ केबलकार निर्माणाधीन अवस्थामा छन् । 

Global Ime bank

sirddhath cable car (2)1674620192.jpg

गर्मीयाममा अधिकतम् ४२ डिग्री सेल्सियस रहने बुटवलमा केबलकार निर्माण भएपछि छोटो दुरीमा नै पाल्पाको चिसोमा पुगिने छ । जहाँको तापक्रम १८ देखि १९ डिग्री सेल्सियस हुनेछ । 

बुटवल उपमहानगरपालिका–३ बमघाटमा आधार स्टेसन रहेको लुम्बिनी केबलकारको टप स्टेसन पाल्पाको तिनाउ गाउँपालिका–३ बसन्तपुरमा छ । 

यो केबलकार व्यवसायी चन्द्र ढकालको हो । बसन्तपुरलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्दै भारतीय पर्यटक धेरै भित्र्याउने लक्ष्यका साथ अहिले केबलकार निर्माणको कार्यलाई तीब्रता दिइएको लुम्बिनी केबलकार प्रा.लिका अध्यक्ष चन्द्र ढकालले बताए ।

“अबको दुई महिनाभित्र सञ्चालनमा ल्याउने गरी काम अगाडि बढाएका छौँ । केबलकार सुरु भएपछि अरु केही बाँकी संरचना निर्माणको काम पनि क्रमशः गर्छौ । बसन्तपुरको दुर्गा मन्दिरलाई भारतको कामाक्ष मन्दिरको आकृतिमा निर्माण गर्न लागिएको छ । साथै बसन्तपुरमा रिसोर्टहरु बनाउने कामहरु जारी रहेका छन्,” उनले बाह्रखरीसँग भने । 

उनले साढे तीन अर्ब रूपैयाँभन्दा धेरै लगानीमा पाँचतारे होटल र पार्कसहितका संरचना पनि निर्माणको क्रममा रहेको बताए ।

बसन्तपुर डाँडामा १५० कोठाको पाँचतारेस्तरको होटल बन्ने उनको भनाइ छ । सो निर्माण सम्पन्न भएपछि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र हुने ढकालको दाबी छ । 

दुई महिनाभित्र सम्पन्न गर्ने गरी अहिले बुटवल र पाल्पा तर्फका स्टेसन निर्माणको काम भइरहेको छ । केवलकारका लागि आवश्यक पोलहरु भने गाड्ने कार्य सकिएको छ । 

sirddhath cable car (1)1674620188.jpg

यता बुटवलको ऐतिहासिक एवं पुरातात्विक महत्व बोकेको मणि–मुकुन्दसेन उद्यान फुलबारीदेखि उत्तर–पूर्वपट्टिको शिखर देउरालीलाई आधार स्टेसन बनाएर निर्माण भइरहेको सिद्धार्थ केबलकार पाल्पाको नुवाकोट पुग्नेछ । 

बुटवल र नुवाकोटगढीमा अहिले स्टेसन निर्माणको काम भइरहेको छ । 

यो केबलकार अबको ७ महिनाभित्र सञ्चालनमा आउने गरी निर्माणको कामलाई तीब्र पारिएको सिद्धार्थ केबलकार प्रा.लिका अध्यक्ष अध्यक्ष राजेन्द्रसिंह गुरुङले बताए ।

२३ महिना पहिले अर्थात् २०७७ फागुन १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी केबलकारको शिलान्यास गरेका थिए भने फागुन ९ गते सिद्धार्थ केबलकारको अर्थमन्त्री विष्णु पौडेलले शिलान्यास गरेका थिए । 

पाँचतारे होटल, पार्क र रिसोर्टसहित निर्माण भइरहेका दुईवटा केबलकारमा निजी क्षेत्रको पाँच अर्ब रुपैयाँभन्दा धेरै लगानी छ ।

यस्तो बन्ने छ केबलकार

लुम्बिनी केबलकारमा २५ वटा गोन्डुला (बाकस) हुनेछन् । प्रतिगोन्डुला आठजना यात्रु सवार गर्न सक्नेछन् । जसमा प्रतिघन्टा ६०० जना यात्रु ओहोरदोहोर गर्न सक्ने अध्यक्ष ढकालले बताए । 

तीन किलोमिटर क्षेत्रमा निर्माण भइरहेको लुम्बिनी केबलकारले बुटवल–३ को चुरे सामुदायिक वन समेतको ३.१६ हेक्टर र पाल्पाको तिनाउ–३ को चिउरीडाँडा न्याउली सामुदायिक वन समेतको ३.११ हेक्टर गरी ६.२७ हेक्टर वन क्षेत्र प्रयोग गरेको छ । 

केबलकार परियोजनाले २५ वर्षका लागि त्यहाँको वन क्षेत्र प्रयोग गर्न पाउनेगरी सरकारले स्वीकृति दिएको छ । 

लुम्बिनी केबलकारमा आइएमई ग्रुपको ७५ प्रतिशत लगानी र २५ प्रतिशत लगानी बुटवलका उद्योगी व्यवसायीको छ ।

यता सिद्धार्थ केबलकारको पनि अहिले नुवाकोटमा सुविधासम्पन्न रिसोर्ट बनिरहेको छ । बसपार्क, चिल्ड्रेन पार्क, पर्यटन सूचना केन्द्र पनि बन्ने छ । 

lumbini cable car (3)1674620184.jpg

त्यसैगरी, ब्रह्मकुमारी इश्वरीय विश्वविद्यालयले शान्ति पार्क बनाउने छ भने गुम्बा, भ्युटावर, स्वास्थ्य केन्द्र लगायतका संरचनाहरू पनि बन्ने छ ।

शिखर देउरालीमा रहेको बेस स्टेसनदेखि नुवाकोट डाँडामा रहेको टप स्टेसनमा आठ मिनेटमा पुग्न सकिने १.९४ किलोमिटर लम्बाइको केबलकारमा एउटा गोन्डुलामा आठ जना यात्रु सवार गर्न मिल्ने २५ वटा गोन्डुला हुने छन् । 

नियमित रूपमा केबलकार सञ्चालनमा आउँदा दैनिक पाँचहजार व्यक्तिलाई ओहोरदोहोर गराउन सक्ने कम्पनीको दाबी छ ।

lumbini cable car (2)1674620184.jpg

सरकारले यो केबलकार परियोजनाभित्र पर्ने ६.०९८ हेक्टर वन क्षेत्र ३० वर्षका लागि भोगाधिकारको स्वीकृति दिएको छ ।

खुसी छन् व्यवसायी

बन्दै गरेका दुई केबलकारले बुटवलको नयाँ पहिचान दिने व्यवसायीहरु बताउँछन् । 

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्वल कसजु बुटवल मात्र नभई सिंगो रुपन्देहीले अब दुई ठूला पर्यटकीय गन्तव्य पाउन लागेको बताए ।  केबलकार सञ्चालनमा आएपछि कोरोनापछि सुस्त बनेको बुटवलको आर्थिक अवस्था केही चलायमान हुने उनले बताए ।

यता होटल व्यवसायी संघ रुपन्देहीका उपाध्यक्ष लेखनाथ भण्डारीले केबलकारले बुटवल क्षेत्र थप गुल्जार हुने बताए । 

उनले केबलकारको सहयोगले बुटवल क्षेत्रको पर्यटन व्यवयास पनि फस्टाउने बताउँदै यो कार्य स्वागतयोग्य रहेको बताए । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  १०:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC