site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
रविको सांसद पदको योग्यतासम्बन्धी रिटमा आजबाट अन्तिम सुनुवाइ  
Sarbottam CementSarbottam Cement

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकताको विषय उठान गर्दै सांसद हुन अयोग्य रहेको भनि परेको रिटमा आजबाट अन्तिम सुनुवाइ हुँदै छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा रहेको लामिछानविरुद्धको रिटमा सुनुवाइ हुनेछ । 

लामिछानेले अमेरिकाको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता स्वतः खारेज भएको र पुनः नेपालको नागरिकता प्राप्त गर्न नागरिकता सम्बन्धी ऐन, २०६३ बमोजिमको प्रक्रिया पूरा नगरेको जिकिर रिट निवेदकको छ । पुनः प्राप्तिको प्रक्रिया नै पूरा नगरेका लामिछाने नेपाली नागरिक नरहेको र सांसद बन्न अयोग्य रहेको निवेदकको जिकिर छ । लामिछानेतर्फका कानुन व्यवसायीले भने लामिछानेले अमेरिकाको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता कायम नरहेको तर खारेज भने नभएको तर्क गर्दै आएका छन् । उनका कानुन व्यवसायीहरूले नागरिकता ‘कायम नरहेको’ र ‘त्याग गरेको’ विषय छुट्टाछुट्टै रहेको दाबी गरेका छन् । सोही दाबी अनुसार लामिछानको नेपाली नागरिकता कायम नरहेको अवस्थामा अमेरिकाको नागरिकता त्याग गर्नासाथ नेपाली नागरिकता आफैं सक्रिय हुने दाबी गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

यसअघिको बहसमा लामिछानेको तर्फबाट प्रस्तुत वरिष्ठ अधिवक्ता सुशील पन्तले लामिछाने निवेदकले लिएको तर्क अनुसार अमेरिकन नागरिक पनि नहुने, नेपाली नागरिक पनि नहुने भए कहाँको नागरिकत हुने हो भन्ने प्रश्न गरेका थिए । पन्तले बहसमा “निवेदक तर्फबाट लिएको तर्कलाई सुन्ने हो भने रवि लामिछाने अनागरिक हुनुहुन्छ । उहाँले अमेरिकाको नागरिकता त्याग गरिसक्नु भएको छ भने नेपालको नागरिकता निवेदकका अनुसार पुनः प्राप्त गरिसक्नु भएको छैन । निवेदकले नै उहाँ कताको नागरिकको बताउनु पर्यो । नेपालको संविधान तथा नेपाल सरकारबाट पारित अन्तर्राष्ट्रिय कानुनमा कोही व्यक्ति अनागरिक वा राज्यविहीन नहुने स्वीकार गरेको अवस्था छ,” भनेका थिए । 

लामिछानेको नागरिकता मात्र नभएर नेपाली राहदानीसमेतमा निवेदकतर्फबाट प्रश्न उठाइएको छ । लामिछानेले अमेरिकाको नागरिकता त्याग नगर्दै नेपाली राहदानी प्राप्त गरेको उनी माथि आरोप छ । 

Global Ime bank

अदालतबाट निरुपण हुनु पर्ने प्रश्नहरू सर्वोच्च अदालतको संवैधानिक इजलासले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सांसद पदको योग्यताको विषय निरुपण गर्न नागरिकता सम्बन्धी प्रावधान र नागरिकता सम्बन्धी ऐन, २०६३ का प्रावधानलाई पारस्परिक रुपमा निरुपण गर्नु पर्ने हुन्छ । 

पहिलो निरुपण गर्नु पर्ने विषय रविले अमेरिकाको नागरिकता प्राप्त गर्दा नेपालको नागरिकता स्वतः खारेज हुने हो वा होइन ? दोस्रो नेपालको नागरिकता स्वतः खारेज नहुने भए, नेपालको संविधानले दोहोरो नागरिकता गरेको अस्वीकार्यको अवस्था के हुने ? यदि विदेशको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता स्वतः खारेज हुने हो भने नेपालको नागरिकता पुनः प्राप्तिको लागि ऐन बमोजिम प्रक्रिया पूरा गर्नु पर्ने हो वा होइन ? तेस्रो नागरिकता पुनः प्राप्तिको प्रक्रियमा नगएको व्यक्तिको नागरिकताको अवस्ता के हुने हो ? चौथो नागरिकता पुनः प्राप्तिको प्रक्रियामै नगएका रविले सांसद हुन नेपालको संविधान बमोजिमको योग्यता पूरा गर्छन् वा गर्दैनन् ? रविले अमेरिकाको नागरिकता कायमै रहँदा नेपालको राहदानी प्राप्त गर्ने कार्यलाई प्रचलित कानुनले कसुर मान्छ वा मान्दैन ? यदि सो कार्यलाई कसुर मानिने हो भने रविको सांसद पदमा कुनै असर पार्छ वा पार्दैन । राहदानी सम्बन्धी विषय संवैधिक इजलासबाट निरुपण हुने नभए पनि, यसले सांसद पदको योग्यताम कुनै असर पार्छ वा पर्दै भन्ने विषय भएकाले इजलासबाट यस विषय पनि निरुपण गरिनेछ । 

रिटमा हुने फैसलाले पार्ने असर सांसद पदको योग्यतासँग जोडिएर आएको नागरिकता तथा राहदानी सम्बन्धी विवादले भावी दिनमा नागरिकता तथा राहदानी कसुरहरूमा नजिरको रुपमा स्थापित हुनेछ । 

माहन्यायाधिवक्ताको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७।७८ मा  करिब २०० मुद्दा नागरिकता कसुर तथा राहदानी सम्बन्धी कसुरहरू छन् । स्रोतका अनुसार कतिपय मुद्दा दोहोरो नागरिकता सम्बन्धी रहेका छन् भने कतिपय मुद्दा विदेशको नागरिकता रहँदा रहँदै पनि नेपालको नागरिकता प्रयोग गरिरहेको विषयका छन् । यी सबै कसुरमा रविको सांसद पद सम्बन्धी रिटको फैसलाले असर पार्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  ०७:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC