site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
पर्यटन क्षेत्रलाई रोजगार र उत्पादन क्षेत्रसँग जोड्नुपर्छ : पर्यटनमन्त्री किराँती
फाइल तस्बिर।
Sarbottam CementSarbottam Cement

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पर्यटनलाई रोजगार र उत्पादनसँग जोड्नुपर्ने बताएका छन् ।

सोमबार पर्यटन विभागका कर्मचारीसँग कुराकानी गर्दै उनले दैनिक लाखौँ युवा विदेश लागिरहेको भन्दै पर्यटनलाई रोजगार र उत्पादनसँग जोडेर युवालाई रोक्नु पर्ने बताएका हुन् । स्वदेशमा रोजगारी नहुँदा गाउँ चराको गुँड जस्तो भएको मन्त्री किराँतीले बताए ।

“गाउँ त चरा गुँड जस्तो भइसक्यो । गाउँमा मलामीसमेत छैनन् । सहरमा टेक्ने ठाउँ छैन । चराको बच्चाले गुँड छोडेपछि फर्केर आउँदैन । अहिले गाउँ त्यस्तै भएको छ,” उनले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

पर्यटक ल्याएर विदेशी खाना खुवाएर पठाउँदा नेपालीको काम भारी बोक्ने मात्र जस्ता देखिएको उनले बताए । भने, “विदेशी पर्यटकलाई नेपालमा ल्यायो । फाइभ स्टार होटेलमा राख्यो । त्यहाँ बेसारसमेत नेपाली हुँदैन । अनि हामीले पाउने भनेको भाँडा माझ्ने र भारी बोक्ने मात्र हो ।”

नेपाल पर्यटन क्षेत्रको लागि प्रचुर सम्भावना भएको बताउँदै प्रचार–प्रसारमा ध्यान दिने बताए । उनले नेपाल बुहजाति, बहुभाषा, बहुसंस्कृतिले भरिपूर्ण रहेको भन्दै यस विषयलाई पनि पर्यटन क्षेत्रसँग जोड्नु पर्ने बताए ।

Global Ime bank

“भौगोलिक हिसाबले हेर्नुहुन्छ भने हाम्रो प्रत्येक १० किलोमिटरबीचमा फरक खालको हावापानी पाइन्छ,” उनले भने, “१० किलोमिटर तल झर्यो सही नसक्नु चुरे भावरको गर्मी छ । १० किलोमिटरमाथि गयो, सही नसक्नु धेरै जाडो छ ।”

उनले मानव निर्मित सम्पदालाई प्राकृतिक सम्पदासँग जोडर नेपाली विशेषताको पर्यटन क्षेत्र बनाउनु पर्ने उनले बताए ।

विदेशीको फोटोकपी गरेर नेपालमा पर्यटन भित्र्याउने परिपाटि रहेको भन्दै त्यस्ता खालका सपना नदेख्नसमेत कर्मचारीलाई निर्देशन दिए । उनले भने “हामीले विदेशी फोटोकपी गरेर नेपालमा पर्यटन भित्र्याउने सपना नदेखौँ । किनभने हामीसँग पुँजी पनि छैन र प्रविधि पनि छैन ।”

पर्यटकलाई अनलाइन ट्रयाकिङ गर्नको लागि जीपीएस प्रणालीमा काम गर्न कर्मचारीलाई निर्देशन दिए । उनले भने, “हामीले पर्यटकलाई किन अनलाइन ट्रयाकिङ गर्न सकिहेका छैनौं ? सारा दुनियाँले गरिरहेको छ । हामी किन चुक्यौं ? यस विषयमा तपाईँ पनि अनुसन्धान गर्नुस्, हामी पनि गर्छौँ ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  १९:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC