site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेल्स कन्भेन्सन सम्पन्न

चितवन । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले  सेल्स कन्भेन्सन कार्यक्रम सम्पन्न गरेको छ ।  
 
देशभरका जोनल हेड ,प्रोभिन्स हेड ,रिजनल म्यानेजर, शाखा प्रबन्धक, सेल्स एक्जुकेटिव र कार्यालय सञ्चालनमा सहयोग पुर्याएका करिब ३०० जना कर्मचारीहरुको उपस्थितिमा  प्राविधिक तथा बजार व्यवस्थापन कार्यक्षमता अभिबृद्धि तथा उत्प्रेरणामुलक तालिम चितवनको सौराहामा आयोजित सेल्स कन्भेन्सन कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।  

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सहित उच्च पदाधिकारीहरुको उपस्थितिमा आयोजित उक्त कार्यक्रममा कम्पनीका कर्पोरेट ट्रेनर रबिन कटुवालले व्यक्तित्व विकास र सेल्स सम्बन्धी विशेष ट्रेनिङ दिएका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

साथै कार्यक्रममा  ब्यबसायिक लक्ष्य हासिल गर्नुका साथै कार्यालय सन्चालनमा उत्कृस्ट योग्दान पुर्याउने कर्मचारीहरुलाई कम्पनिका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीले सम्मान गरेका थिए ।

कार्यक्रममा ३ जना जोनल हेड ,३ जना प्रोभिन्स हेड ,५ जना रिजनल म्यानेजर १० जना शाखा प्रमुख ,१२ जना कार्यलय सन्चालनमा सहयोग पुर्याउने कर्मचारी तथा १५ जना सेल्स एक्जुकेटीभ गरी ४८ जना उत्कृस्ट कर्मचारीहरुलाई  सम्मान गरिएको थियो ।

यस सूर्यज्योति लाइफ इन्स्योरेन्सको पहिलो भब्य  सेल्स कन्भेन्सनबाट कर्मचारीहरुले कम्पनीको हालको अवस्था,कम्पनीको आगामी बजार विस्तार योजना र रणनीति सम्बन्धी बृहत ज्ञान हसिल गर्नुका साथै  यस किसिमका सिप तथा प्रबिधी मैत्री तालिमबाट कर्मचारीहरु उत्साहित  र थप उर्जावान  भएको कुरा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीले बताए ।

कर्मचारीको दक्षता अभिबृद्धी गर्नु नै कम्पनिको प्रमुख लक्ष्य रहेको र आगामी दिनहरुमा पनि बिभिन्न तालिम तथा सिपमूलक कार्यक्रम आयोजना गर्दै जाने प्रतिबद्धता कम्पनिका प्रमुख कार्यकारी अधिकृत खत्रीले ब्यक्त गरे ।

प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  १७:५२
प्रतिक्रिया दिनुहोस्