देश

काठमाडौं । जुम्लामा बाक्लो हिमपात भएको छ । आज बिहान करिब ३ बजेदेखि हिमपात भएको जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिए ।
उनका अनुसार सदरमुकाम खलंगासहितका स्थानमा हिमपात भएको छ । खलंगामा करिब आधा फिटसम्म हिउँ जमेको उनले बताए ।
“आज बिहान ३ बजेदेखि हिमपात भएको हो । अहिलेसम्म आधा फिट हिउँ परिसकेको छ,” उनले बाह्रखरीसित भने, “मौसम तत्काल खुल्ने अवस्था देखिँदैन । हिमपात भइरहेको छ ।”
उनका अनुसार हिमपातसँगै दैनिक जनजीवन प्रभावित भएको छ । चिसो बढेको छ ।
जुम्लाको सदरमुकाम खलंगा बजारमा परेको हिउँ । तस्बिर : विजय रावत/रासस ।
प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९ १०:०१
प्रतिक्रिया दिनुहोस्