site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

आधुनिक यातायात सुविधाको चर्को अभाव एकातिर छ भने अर्कातिर महँगा भौतिक पूर्वाधार वर्षौंदेखि प्रयोगहीन भएका छन् । यसले पूर्वाधारका निर्माणमा दूरगामी दृष्टि र सोचको अभाव रहेको पुष्टि हुन्छ ।

देशका विभिन्न ठाउँमा बनाइएका प्रयोगहीन विमानस्थलहरू यथार्थमा नेपालको दिशाहीन विकासको उदाहरण हो । लामो समयसम्म प्रयोग नभएपछि अहिले कतिपय विमानस्थलहरू गौचरनमा परिणत भएका छन् ।

सडक निर्माणमा भएको प्रगतिका कारण कतिपय स्थानका विमानस्थलको उपादेयता समाप्त प्रायः भएको हो । कतिपय स्थानमा भने वायुसेवा कम्पनीहरूले उडान नगर्दा  विमानस्थल प्रयोगमा नआएको हो ।

Agni Group

विमानस्थलको माग गर्ने स्थानीय जनता अहिले हवाई उडानको प्रतीक्षामा होलान् । तर, तीमध्ये अधिकांश निकट भविष्यमा व्यावसायिक हवाई सेवा सुरु हुने सम्भावना नदेखेर निराश भएको हुनुपर्छ । 

व्यावसायिकरूपमा फाइदा नभएका कारण सडक यातायातको सुविधा भएका ठाउँमा वायुसेवा कम्पनीहरूले उडान नगरेको हुनुपर्छ । यस्तोमा सार्वजनिक क्षेत्रको नेपाल वायुसेवा निगमले उडान गर्नुपर्ने थियो । निगम थला बसिसकेको छ ।

Global Ime bank

विडम्बना, निगमसँग अब न विमान छ र न ससाना विमानस्थलमा सेवा दिने साधन र स्रोत नै छ । यसैले अहिले प्रयोगहीन रहेका विमानस्थलहरूमा निकट भविष्यमा पनि नियमितरूपमा विमान सञ्चालन हुने सम्भावना बिरलै देखिन्छ । 

सरकारको ध्यान भने नयाँ नयाँ विमानस्थल निर्माणमा गएको देखिन्छ । उदाहरणका लागि भैरहवा र पोखराको अन्तर्राष्ट्रिय विमानस्थल नचले पनि निजगढमा नयाँ अन्तर्राष्ट्रिय विमानस्थन बनाउने उत्साह मन्त्रीले देखाइसकेका छन् ।

नयाँ विमानस्थल बनाउनभन्दा राज्यले पहिले सडक यातायात सुविधा सबै भेगका जनतालाई उपलब्ध गराउन प्राथमिकता दिनुपर्छ । साथै, निर्माण भइसकेका विमानस्थलको व्यावसायिक प्रयोगका लागि पनि सरकारले सहयोग र सहजीकरण गर्नुपर्छ ।

सडक यातायात सुविधा नभएको र पर्यटनका दृष्टिले सम्भावना भएका ठाउँमा बनेका विमानस्थलमा नियमित व्यावसायिक उडानका लागि सरकारले वायुसेवा कम्पनीहरूले विशेष सुविधा दिएर पनि आकर्षित गर्नुपर्छ । यसले एकातिर सामाजिक न्याय हुनेछ भने अर्कातिर उपलब्ध संरचनाको प्रयोग र संरक्षण पनि हुनेछ ।

कर्णाली प्रदेशका कतिपय जिल्लामा बनेका विमानस्थलमा नियमित सेवा अपेक्षाकृत महँगो र जोखिमपूर्ण पनि हुनसक्छ । तर, सडक यातायातको सुविधा नभएकाले तिनमा सहुलियत दरमा हवाई सेवा उपलब्ध गरउनु राज्यको दायित्व पनि हो ।

यसैले सरकारले बनिसकेका भौतिक संरचनाको प्रयोग र उपयोग गर्न योजनाबद्ध प्रयास गरोस् । साथै नयाँ विमानस्थल निर्माण गर्दा व्यावसायिक सम्भावना हेरेरमात्र सुरु गरियोस् । गौचरन नै बनाउने हो भने किन विमानस्थलको नाम दिइरहन पर््यो ररु 


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ९, २०७९  १२:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC