site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
मीनकुमारी राणा प्रतिष्ठानद्वारा साहित्यकार गौतमसहित सम्मानित

काठमाडाैं । मीनकुमारी राणा प्रतिष्ठानले पहिलो वार्षिक पुण्य तिथीको अवसर पारेर विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको छ । नेपाली कांग्रेसका नेता तथा समाजसेवी कबिर राणाकी आमाको स्मृतिमा गतवर्ष स्थापना भएको मीनकुमारी राणा प्रतिष्ठानले नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवको उपस्थितिमा आज विभिन्न विधामा योगदान दिएका व्यक्तिहरुलाई सम्मान गरिएको हो ।

भक्तपुरको राधे–राधेमा भएको कार्यक्रममा साहित्यविधातर्फ प्रा.डा. ध्रुवचन्द्र गौतमलाई सम्मान गरिएको छ । यसैगरी नेपालको प्रजातान्त्रिक आन्दोलनमा सक्रिय भूमिका खेलेका ज्युदो शहीद माथवरसिंह बस्नेत, पत्रकारिताको माध्यमबाट सशक्त भूमिका खेलेका वरिष्ठ पत्रकार हरिहर विरही र नेपाली खेलकुदमा योगदान गरेका वरिष्ठ बक्सिङ्ग प्रशिक्षक मदनकुमार गुरुङ्गलाई जनही ५१ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको थियो । कार्यक्रममा मीनकुमारी राणाले दिक्षा लिएको बैंकटेश्वर बैंकेटश्वर मन्दिरले सञ्चालन गरेको संस्कृत पाठसाल र उनका छोरा छोरीले अध्ययन गरेको आदर्श माध्यामिक विद्यालय (डीएमपीए) विद्यालयलाई पनि छात्रबृत्ति प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रथम राष्ट्रपति डा. यादवले साहित्यकार डा. ध्रुवचन्द्र गौतमलगाएतका व्यक्तिहरुलाई सम्मानित गर्न पाउँदा आफू अत्यन्त उत्साहित भएको बताए । आफूले सवैलाई सम्मान गर्ने व्यक्तिहरुलाई नै पुरस्कार दिएको प्रतिष्ठानले राम्रो काम गरेको बताउँदै आगामी दिनमा पनि यसलाई निरन्तरता दिन आग्रह गरे ।

यसैगरी कार्यक्रममा सम्मानित व्यक्तिहरु हरिहर विरहीले पुरस्कार ग्रहण गर्न पाउँदा आफू खुसी भएको बताए । अहिले नेपाली राजनीति मूल्यमान्यताभन्दा बाहिर गएको तर्फ इंगित गर्दै विगतमा मीनकुमारीले खेलेको भूमिकालाई सम्झिएर अघि बढ्न सवैलाई आग्रह गरे ।

यसैगरी प्रजातन्त्र सेनानी माथवरसिंह बस्नेतले आफू राजनीतिमा लाग्दा सम्मान पाउँनका लागि नभई व्यवस्था परिवर्तन गर्ने उद्देश्य लिएर हिडेको बताए । तर, प्रतिष्ठानले आफ्नो मूल्यांकन गरेकोमा खुसी व्यक्त गरे ।

Global Ime bank

यसैगरी साहित्यकार डा. ध्रुवचन्द्र गौतमले साहित्यले समाजलाई चिनाउने काम गरेको बताउँदै सम्मानले आफूलाई खुसी लागेको बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद कुमार चौधरीले मीनकुमारी प्रतिष्ठानले गरेको कामले आफू पनि उत्साहित भएको बताउँदै आमाको नाम राख्नका लागि छोरा छोरीले गर्ने कर्तव्य पूरा गरेको बताए । भक्तपुरका डीएमपीएस विद्यालय पढ्दाको क्षणको स्मरण गरेका थिए भने सम्मानित व्यक्तिहरुसँगको विगतका कुराहरु सम्झिएका थिए ।

कार्यक्रममा भक्तपुर कांग्रेस सभापति तथा सांसद दुर्लभ थापाले कबिर राणा र रबि राणाका साथै परिवारसँगको आत्मियताका विषयमा कुरा गर्दै सधैंभरी साथ दिने मीनकुमारीबाट धेरै कुरा आफूले ग्रहण गरेको पनि बताए । साथै पछिल्लो समय नेपाली राजनीतिले अलि बाटो बिराएको बताउँदै यसलाई सुधार गर्नका लागि सवैले जोड दिनुपर्ने बताएका थिए ।

यसैगरी नेपाली कांग्रेसका युवा नेता तथा देशान्तर मिडिया ग्रुपका प्रधानसम्पादक एवं मीनकुमारीका माहिला छोरा कबिर राणाले आमाको नाममा यति काम गर्न पाएकोमा खुसी व्यक्त गरे । आमाको नाम चीरकालसम्म राख्नका लागि आफू र आफ्नो सम्पूर्ण परिवार सधैं क्रियाशील रहेने प्रतिवद्धता जनाए । सो अवसरमा नेपाली कांग्रेस भक्तपुरको पार्टी कार्यालय निर्माणका लागि १ लाख ५ हजार सहयोग यही प्रतिष्ठानमार्फत गर्ने घोषणा पनि गरेका छन् ।

मीनकुमारीको गत वर्ष निधन भएको हो । उनको सम्झनामा स्थापना गरिएको प्रतिष्ठानमा पति कोमलविक्रम राणा संरक्षक रहेका छन् भने कबिर राणा अध्यक्ष छन् । यसैगरी कान्छा छोरा रबि राणा महासचिव रहेका छन् भने नाती बिक्रान्त विक्रम राणा यसको कोषाध्यक्ष रहेका छन् । त्यस्तै प्रतिष्ठानको सदस्यमा नारायणी थापा, गायत्री केसी, नन्दु देउजा, अञ्जु खड्का, रितु बस्नेत र जयन्ती देवकोटा रहेकी छन् ।   

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ८, २०७९  १८:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu