site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
धनगढीलाई ‘सिटी अफ क्रिकेट’ बनाउने अभियानमा सुवास
SkywellSkywell

काठमाडौं । धनगढी क्रिकेटको सहर हो । कुनै बेला काठमाडौंमा क्रिकेटको गतिविधि नहँुदा धनगढीमा क्रिकेटको रौनक निकै थियो । पछिल्लो समय पनि क्रिकेटको माहोल धनगढीमा उत्तिकै छ । त्यही धनगढीको क्रिकेटमय सेरोफेरोमा बाल्यकाल बिताएका सुवास शाही नेपाली क्रिकेटमा व्यावसायिकताको क्रान्ति गर्ने एक योद्धा हुन् ।

नेपाली क्रिकेटको विकासमा निरन्तर लागिपरेका धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष तथा एसपीए कलेजका निर्देशक सुवास शाही एक अभियन्ता हुन् । उनले नेपाली क्रिकेटमा व्यावसायिकतादेखि सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता आयोजना पनि गरे । कदम कदम अप्ठ्यारा पार गर्दै अघि बढेका अध्यक्ष सुवास धनगढीलाई क्रिकेटको सहरमात्रै हैन, नेपालमा क्रिकेटको संस्कृति बसाउने लक्ष्यमा छन् । 

फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान ?

KFC Island Ad
NIC Asia

धनगढीमा एउटा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउने अभियान स्वरुप “ड्रिम फाप्ला” अभियान चलाउदै रंगशला बनाउने योजना बन्यो । फाप्ला भन्ने ठाउँमा १५ विघा जमिनमा करिब ४० हजार दर्शक क्षमताको अन्तर्राष्ट्रिय रंगशाला बनाउने अभियानसँगै सन् २०१५ मा भएको एसपिए कपबाट प्रत्येक टिकटको ५ रुपैयाँ मैदान बनाउनका लागि खर्च गरिने योजना बन्यो । 

धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाही भन्छन्, “अभियान सञ्चालन गरेकै वर्ष सरकारले बजेट निकासा पनि गर्यो । तर, जुन स्पिडमा हुन्छ भन्ने हामीले सोचेको थियौं, त्यो भएन । अहिलेसम्म सरकारले ८० लाख बजेट छुट्याएको छ । यही तरिकाले हो भने अर्को मूलपानीको जन्म हुन्छ भन्ने डरले हामीले यसलाई प्राइभेट पब्लिक पार्टनरसिप (पीपीपी) मोडलमा गर्नुपर्छ, जसमा ५१ प्रतिशत सेयर प्राइभेट सेक्टरलाई दिनुपर्छ भन्ने अवधारणाको साथ हामीले अघि बढाएका छौं ।” 

Royal Enfield Island Ad

उनले अघि थपे, “अहिले अन्तिम चरणको वार्ता भइरहेको छ । मन्त्रीपरिषद्बाट पास हुने हो भने सयौंको संख्यामा उद्योगी व्यवसायीलाई पनि यो प्रोजेक्टमा लगानी गर्न तयार पारेका छौं । प्राइभेट सेक्टरले पनि लगानी गर्न चाहन्छ भने सकारलाई पनि त एउटा सहयोगको कुरा हो । अर्को कुरा हामी पब्लिकको लागि पनि सेयरको व्यवस्था गर्छौ ।”

२०२० सम्म अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न मिल्ने बनाउने योजना छ । तर, पीपीपी मोडलमा जान सकिएन भने कठिन हुने अध्यक्ष सुवासको भनाइ छ ।

अहिलेसम्म मैदान खेल्न मिल्ने बनेको छ । तटबन्धनका काम भइरहेको छ । 

धनगढी प्रिमियर लिग (डिपिएल)

नेपाली क्रिकेटको विकास हुँदै जाँदा विशेषगरी राजधानी केन्द्रित क्रिकेट गतिविधि हुने गरेको थियो । वास्तविक नेपाली क्रिकेटको विकास र क्षमतावान खेलाडीको खोजीका लागि स्थानीय स्तरबाट हुनुपर्छ भन्ने हेतुका साथ अध्यक्ष सुवास शाहीले सुरुवाती समयमा विभिन्न आरोप प्रत्यारोपको सामाना गर्दै धनगढीमा क्रिकेट प्रतियोगिता आयोजना गरे । 
काठमाडौंबाट होटल म्यानेजमेन्टमा स्नातक तह उत्तीर्ण गरेर गृहनगर फर्केका अध्यक्ष सुवासले पहिले जस्तो क्रिकेट गतिविधि पाएनन् । 

सुवासले आफ्नो बाल्यकाल धनगढीमै बिताए । त्यतिबेला धनगढीमा निकै क्रिकेटको माहोल रहेको सुवास सम्झिन्छन् । सानोमा निकै क्रिकेटको चहलपहल देखेका सुवास काठमाडौंमा विएचएम पढाइ सकेर गएपछि उनले टाइम पासको लागि मात्रै क्रिकेट खेलेको देखे । कसैले टेनिस बलले क्रिकेट खेल्थे त कसैले जिन्स पाइन्ट, कोट लगाएर । त्यसपछि उनले पुनः एक पटक धनगढीमा क्रिकेटको माहोल ब्युताउने उद्देश्यले क्रिकेट प्रतियोगिताको आयोजना गर्ने अठोट राखे ।

आजभन्दा सात वर्षअघि एसपिए कप भनेर सुरुवात भएको थियो । एसपीए कप २०१० मा सुरुवात गर्दा सुवासलाई निकै सकस परेको थियो । एसपीए कपको पहिलो संस्करणमा विजेतालाई २५ हजार र १० हजार उपविजेतालाई पुरस्कार राखिएको थियो ।

“प्रत्येक वर्ष प्रतियोगितामा उमंग थप्नुपर्छ, नयाँपन दिनुपर्छ, खेलाडीमा व्यावसायिकता ल्याउनुपर्छ भन्ने उद्देश्यले नै एसपीए हुँदै डीपीएलको जन्म भएको हो । डीपीएल भनेको मेरो मात्रै हैन । यो देशको प्रतियोगिता र सबैको चासोको विषय बनेको छ । अझै सशक्त रुपमा यसलाई दीर्घकालीन रुपमा अगाडि लाने हाम्रो लक्ष्य रहेको छ,” उनले भने ।

एसपीए कप धनगढी क्रिकेट लिग (डीसिएल) हुँदै डीपीएलमा आई पुगेको हो । धनगढी नगरमा ७ वर्षे विभिन्न उतारचढाबलाई पार गर्दै डीपीएलसम्मको यात्रा गर्दा अहिले यसले आफ्नो छुट्टै इतिहास बनाएको छ । नेपाली क्रिकेटको क्रिकेट व्यावसायिकताको क्रान्ति ल्याउने काम गरेको छ । क्रिकेटको एउटा नयाँ युगको सुरुवात पनि गरेको छ । 

पहिलो पटक नेपालकै सर्वाधिक पुरस्कार राशीको धनगढी प्रिमियर लिग (डिपिएल) २०७३ सम्पन्न भएको छ । पहिलो पटक सिटी बेस अवधारणामा देशका ६ सहरको नामबाट टिम रहेको थियो । 

अध्यक्ष सुवासले भने, “सानै रुपमा भएपनि सुरुवात भएको छ, अहिले ठूला उद्योगी व्यवसायी लगानी गर्न इच्छुक भएका छन् । सुरुवाती समयमा १० हजारको स्पोन्सर गर्न पनि लगानीकर्ता तर्सिन्थे । आगामी दिनमा डिपिएललाई निरन्तरत अगाडि लानु आश्वयक छ ।” 

नेपालकै इतिहासमा पहिलो पटक डिपिएलमा खेलाडीलाई अक्सनको माध्यमबाट टिममा आबद्ध गरिएको थियो । नेपालमा क्रिकेटको व्यावसायिकताको प्रारम्भ गरेको डीपीएलले खेलाडीलाई नयाँ जोस र उत्साह थपेको थियो ।

अध्यक्ष सुवासले भने, “अक्सनको रेट प्रत्येक वर्ष बढ्दै जाने नै हो । यसले जिल्ला स्तरीय खेलाडी पनि आगामी दिनमा व्यावसायिक बन्न सक्छन् । डिपिएलले दर्शकमा टिकट काटेर क्रिकेट हेर्नुपर्छ भन्ने संस्कारको विकास गरेको छ । फाप्ला अन्तर्राष्ट्रिय रंगशाला निर्माण पूरा गर्नका लागि डीपीएल एउटा खुड्किलो पनि हो । फाप्ला अन्तर्राष्ट्रिय रंगशाला समयमै निर्माण गर्न यसले दबाब दिएको छ ।”

धनगढी क्रिकेट एकेडेमी
धनगढी क्रिकेटको सहर हो । पहिलेदेखि नै धनगढीका चौर तथा गल्लीमा युवाहरू खुबै क्रिकेट खेल्थे । युवाको क्रिकेटप्रतिको मोहलाई जोगाउने कुनै संस्था नहँुदा धेरै क्षमतावान खेलाडीले खेल्न पाएनन् । 

त्यसैलाई मध्यनजर गर्दै सुवास शाहीले आफ्नै नेतृत्वमा क्रिकेट एकेडेमी खोल्ने निधो गरे । जहाँ एकेडेमीको साँच्चिकै आवश्यक थियो । आधिकारिक रुपमै क्रिकेटलाई अगाडि बढाउने गरी सन् २०१२ मा धनगढी क्रिकेट एकेडेमीको जन्म भएको हो ।

यो क्रिकेट एकेडेमीमा अहिले दैनिक रुपमा प्रशिक्षण हुने गरेको छ । विभिन्न उमेर समूहमा प्रशिक्षण गराउने, सिकाउने धनगढीमा भएका खेलाडीको प्रतिभा प्रस्फुटन गर्नका लागि यो एकेडेमी स्थापना भएको हो । 

अध्यक्ष शाहीले भने, “चाँडै नै एकेडेमीको आफ्नै हुने गरेर एकेडेमीलाई विकास गर्ने र होस्टेलको व्यवस्था गर्दै सञ्चालन गर्ने हाम्रो उद्देश्य छ । विदेशी प्रशिक्षक राख्दै सुविधा सम्पन्न क्रिकेट एकेडेमी बनाउने छौं ।”

क्यानले जे पनि गर्न सक्छ, तर गर्दैन

नेपाल भन्दा पछि क्रिकेट खेल्न थालेको द्वन्द्वग्रस्त राष्ट्र अफगानिस्तानले टेष्ट मान्यता पाउँदै क्रिकेटमा सुनौलो भविष्य कोर्दै अघि बढेको छ । नेपालसँगै क्रिकेट खेल्न थालेको बंगलादेश क्रिकेटमा तारा बन्दै छ । तर नोपलको अवस्था भने उस्तै छ । 

सुवास भन्छन्, “उचित व्यवस्थापन र कार्य भएको भए हाम्रो क्रिकेट निकै माथिल्लो अवस्थामा हुने थियो । तर, नेपाल क्रिकेट संघ (क्यान) बलियो हुन सकेन । जसले गर्दा हामी निकै पछि परेका छौं । तर अझै पनि हामीसामु अवसर र चुनौति छन् । सबै जना एक जुट भएर लाग्ने हो भने नेपालको भविष्य उज्वल नै छ ।”

क्यान लामो समयदेखि आईसीसीको प्रतिबन्धमा छ । नेपाली क्रिकेटको विकास गर्न भन्दा पनि क्यान पदाधिकारी आफैं विवादमा रुमलिएपछि नेपाली क्रिकेटले निकै ठूलो क्षति ब्यहोरेकोमा दुई मत छैन । क्यानमा व्यक्तिगत स्वार्थ र राजनीति हावी भएको प्रष्टै छ । 

शाही अघि थप्छन् “क्यानमा मात्र बसेर गर्न सकिन्छ भन्ने सोचले हुँदैन । क्यानमा जाने होडबाजी भन्दा पनि आफू नजाँदा राम्रो हुन्छ कि भन्ने सोच बनाउनुपर्छ । पदको झगडा भन्दा पनि विकासको रणनीति ल्याउनु पर्यो । क्रिकेटको सम्भावना कस्तो छ र हामी कहाँ पुग्न सकिन्छ भन्ने नीति तय हुनुपर्छ । क्रिकेटले आर्थिक विकास पनि गर्छ । धनगढी क्रिकेट एकेडेमीले धनगढीलाई ‘सिटी अफ क्रिकेट’ बनाउन सक्छ भने क्यानले जे पनि गर्न सक्छ ।” 

उनले भने, “क्यानको समस्या चाँडो अन्त्य भए हामी जस्तो मान्छेलाई पनि सजिलो हुन्छ । हाम्रो अभिभावक छ है भन्ने हुन्छ । हामीले खेलाडी देशको लागि तयार गरी रहेका छौ । क्यानको लागि तयार गर्दैछौं । तर, हामीले तयार गर्दै गरेका खेलाडीले प्लेटफर्म पाउने हो कि होइन डर लाग्छ । मैले खेल्ने मात्रै हो भन्ने खालको वाताबरण खेलाडीमा बनाउनु पर्छ ।”

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ६, २०७४  ११:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro