site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
युक्रेनमाथि भयानक आक्रमणको योजना बनाउँदै रुस !
Ghorahi CementGhorahi Cement

मस्को । युक्रेनसँगको झण्डै एक वर्ष लामो युद्धका दौरान शृङ्खलाबद्ध पराजय सामना गरिरहेको रुसले आफूले गुमाएका भूभागको र ठूलो संख्यामा मानवीय क्षति बेहोरेको बदलामा अर्को भयानक आक्रमणको योजना बनाइरहेको छ । 

अन्तर्राष्ट्रिय गुप्तचर विश्लेषक र अनुसन्धानकर्ताहरूले मस्कोले हिउँदकै कुनैपनि बेला वा वसन्त ऋतुको सुरुमै आक्रमण गर्न सक्ने बताएका छन् । तर, अझै त्यो आक्रमण कस्तो हुने छ भन्ने स्पष्ट चित्र बनिसकेको छैन ।

Agni Group

साथै युक्रेनको दृढ प्रतिवाद र पश्चिमी समर्थनको कारण मस्कोले पुन: गति प्राप्त गर्ने वास्तविक आशा बोकेको छ वा छैन भन्ने पनि बुझिएको छैन । 

यसै महिना सम्बोधनको क्रममा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भनेका थिए, “हामीलाई कुनै पनि शंका छैन कि रुसका वर्तमान मालिकहरूले आफूसँग बाँकी रहेका सबै चिजहरू फ्याँक्नेछन् । साथै उनीहरूले युद्धको लहरलाई बदल्न र कमसेकम आफ्नो पराजयलाई स्थगित गर्ने प्रयासका क्रममा सबैलाई जम्मा गर्नेछन् ।"

Global Ime bank

गत महिना मात्र युक्रेनी सशस्त्र फौजका कमान्डर जनरल भ्यालेरी जालुझनीले द इकोनोमिस्टलाई अन्तर्वार्ता दिने क्रममा किभमाथि अर्को प्रहार गर्न रुसले करिब दुई लाख सेना जम्मा गरिरहेको चेतावनी दिएका थिए । 

पहिले अमेरिकी गुप्तचर सुत्रले युद्धमा आएको सुस्ततालाई इंगित गर्दै आगामी वसन्तसम्म कुनै ठूलो स्थल आक्रमण नहुने बताएको थियो । केही दिनअघि मात्रै युद्ध अध्ययन प्रतिष्ठान (आईएसडब्ल्यू)ले रुसले आगामी छ महिना भित्र ठूलो हमलाका लागि योजना बनाइरहेको जनाएको हो । 

द हिलबाट ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ५, २०७९  २३:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC