site stats
बाह्रखरी :: Baahrakhari
कला
को–एक्टर जितु रहेको थाहा पाउँदा साम्राज्ञी आश्चर्यमा !

काठमाडौं । चलचित्र ‘ह्यारीकी प्यारी’की नायिका साम्राज्ञी आरएल शाहले सुरुमा आफ्नो को–एक्टर जितु नेपाल रहेको थाहा पाउँदा आश्चर्यमा परेको बताएकी छन् । काठमाडौंमा केही दिन अगाडि आयोजित एक कार्यक्रममा साम्राज्ञीले जितु आफ्नो अपोजिटमा सुन्दा सुरुमा अचम्म लागे पनि कथामा जितु नै सुहाउने बताएकी थिइन् । 

“प्रोडक्सन म्यानेजर नगेन्द्र दाइले सुरुमा सिनेमा अफर लिएर आउनु भएको थियो । उहाँसँगको एक चरण कुरापछि स्क्रिप्ट सुनेँ । त्यसपछि निर्देशक कपिल रिजालले स्क्रिप्ट सुनाउनु भयो । मलाई उत्कृष्ट लाग्यो । मैले पात्रमा आफूलाई महसुस गरेँ,” साम्राज्ञीको भनाइ थियो, “उहाँले हिरोमा जितु नेपालको नाम लिनुभयो । त्यसपछि म छक्क परेँ । चलचित्रको कथा एकपटक पुनः सम्झिँदा जितु दाइ नै कथाको माग भएको महसुस भयो ।” 

जितुले चलचित्र ‘ह्यारीकी प्यारी’ आफ्नो करिअरका लागि नयाँ परीक्षा भएको बताएका छन् । चलचित्रले आफ्नो हास्य कलाकारको छवि परिवर्तन गर्ने बताउँदै आएका छन् । 

डा. कपिल रिजालको डेब्यु निर्देशनमा निर्माण भएको चलचित्रले सर्तसहितको विवाहले जीवनमा आउने उतारचढावको कथा भन्छ ।

चलचित्रमा साम्राज्ञीसँगै विजय बराल, लक्ष्मी गिरी, सुवाष गजुरेल, रन्जना भट्टराईलगायत कलाकारको अभिनय छ । चलचित्र माघ २० प्रदर्शनमा आउँदैछ ।
 

प्रकाशित मिति: बुधबार, माघ ४, २०७९  ०८:५०