site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
२५ औं भूकम्प सुरक्षा दिवस देशव्यापी रुपमा मनाइने
Sarbottam CementSarbottam Cement

काठमाडौं । सहरी विकास तथा भवन निर्माण विभागले माघ २ गते देशव्यापी रुपमा २५ औं भूकम्प सुरक्षा दिवस मनाउने भएको छ । स्थानीय तहको सहकार्यमा विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागिएको हो ।

यस वर्षको मूल समारोह काठमाडौंको कमलपोखरीमा हुने विभागले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।दिवसको प्रमुख अतिथिका रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र विशेष अतिथिका रुपमा भूकम्प सुरक्षा दिवस मूल समारोह समितिका संयोजक, उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको उपस्थिति रहने छ ।

Prabhu Bank
Agni Group
NIC Asia

काठमाडौं महानगरको संयोजकत्वमा व्यवस्थापन उपसमिति र सहरी विकास तथा भवन निर्माण विभागको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गर्ने निर्णय गरेको थियो ।

विभागले यस वर्षको दिवसका लागि ‘भूकम्प सुरक्षित पूर्वाधार, सुरक्षित जीवनको आधार’ भन्ने नारा तय गरेको छ । यस वर्ष  ‘भूकम्पीय सचेतना, सुरक्षित संरचना’ नारासहित दिवसका कार्यक्रम मनाइदैछ ।

Global Ime bank

०७७ सालमा ‘बहुप्रकोपीय विपद्मा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ ०७८ सालमा ‘भूकम्पीय सचेतना, सुरक्षित संरचना’ नारा थियो । 

१९९० साल माघ २ गतेको विनाशकारी भूकम्पले पु¥याएको क्षति सम्झना गर्दै अबका पुस्ताले यस प्रकारको क्षति व्यहोर्नु नपरोस् भनेर सजग गराई राख्न यो दिवस मनाउने गरिएको छ ।
 
यस प्रकारको सम्झनासँग विगतका गल्ती नदोहो¥याउने प्रतिवद्धता जोडिएको छ । मूल समारोहको समापन महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले गर्नेछन् ।
 
विनाशकारी भूकम्पले सिकाएको पाठबाट सुरक्षित बस्ती निर्माणमा पुस्तालाई सहभागी गराउने उद्देश्य राखेर २०५५ सालदेखि हरेक बर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउन थालिएको थियो ।
 
भूकम्पलाई विज्ञानसँग जोडेर २०५७ सालसम्म विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यक्रम आयोजना गरेको थियो । २०५८ सालदेखि गृहमन्त्रीको संयोजकत्वमा मूल समारोह समिति समिति गठन मनाउन थालिएको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २९, २०७९  १६:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement