site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिन्धुलीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका–७, फिटिङ पुलनजिकै ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । परिचालक घाइते छन् ।

सिन्धुलीकै रामपुरका अन्दाजी २५ वर्षीय राम बस्नेतको मृत्यु भएको हो । उनको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

घाइते भएका परिचालक सिन्धुलीकै कमलामाई नगरपालिका–५, राजपानीका अन्दाजी १४ वर्षीय उमेश गिरीको सोही अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार फिटिङबाट सिन्धुली बजारतर्फ आउँदै गरेको ना७त ४८१६ नम्बरको बालुवा लोड गरिएको ट्याक्टर गए राति करिब साढे ९ बजे दुर्घटना भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २९, २०७९  १०:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro