site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

प्रदेश १ को नवगठित सरकारले पहिलो दिनमै प्रदेशका मन्त्रालय १३ बाट घटाएर ९ मा झार्ने निर्णय गरेको छ । अगिल्लो कार्यकालमा प्रदेशको नामाकरण गर्नसमेत आलोचित प्रदेश १ को सरकारको थालनी नै सराहनीय निर्णयबाट हुनु सन्तोषको विषय हो ।

संघीयताको आलोचना गर्नेहरू प्रायःले प्रदेश सरकारहरूको ‘फजुल खर्च’लाई दोष दिने गरेका छन् । त्यसमा पनि प्रदेश सरकारमा दलगत स्वार्थअनुरूप मन्त्रालय फुटाएर भागबन्डा गरिएकोमा धेरैले आक्रोश प्रकट गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै असन्तुष्टिलाई लोकतान्त्रिक गणतन्त्र विरोधीहरूले आफ्ना स्वार्थमा प्रयोग गर्ने प्रयास  गरेका छन् । गत मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा संघीयतामा देखिएका केही विकृति देखाएर गणतन्त्र विरोधीहरूले फाइदा पनि लिए ।

अधिनायकवादी तत्त्वले संघीयताप्रति वितृष्णा बढाउन सके गणतन्त्र र त्यसपछि लोकतन्त्रमै प्रहार गर्न सकिने ठानेको हुनसक्छ । नेपालका हकमा लोकतन्त्र, गणतन्त्र र संघीयता परस्परमा आश्रित हुनाले विरोधीहरूले सबैभन्दा कमजोर स्तम्भमा प्रहार गरेको हुनुपर्छ ।

Global Ime bank

संघीयता विरोधीलाई निहुँ भने यसको अभ्यास गर्नेहरूले नै दिएका हुन् । अगिल्लो कार्यकालको सुरुमा राजनीतिक अस्थिरता पनि थिएन । तत्कालीन नेकपा (नेकपा)का घटकहरू एमाले र माओवादी केन्द्रको ६ वटा प्रदेशमा स्पष्ट बहुमत थियो ।

परन्तु, मन्त्रालय फुटाएर भए पनि भाग पुर्‍याउने अभ्यास त्यति बेलै थालियो । अहिले पनि त्यही समूह सत्तामा भएकाले सुधार थालियो भनेर ढुक्क हुन मिल्दैन । जेहोस्, संघीयताका नाममा भित्रिएका विकृतिहरूका लागि राजनीतिक परिस्थितिलाई दोष दिनु न्यायोचित नहुने  भने स्पष्ट भएको छ। 

संघीयतालाई यसरी बदनाम गर्नेमा दोषी पदलोलुप राजनीतिकर्मी र तिनका नेताहरू नै हुन् । यसैले संघीयताका हुने विरोध मत्थर बनाउन पनि तिनीहरूले नै सक्छन् । सम्भवतः मन्त्रालयको सङ्ख्या घटाउने प्रदेश १ सरकारको निर्णयले यसको सम्भावना पनि देखाएको छ ।

फजुल खर्च घटाउने अरू उपाय पनि अपनाइए ‘सुनमा सुगन्ध’ हुनेछ ।  तर, मन्त्रालय घटाउने यही निर्णयले पनि अरू प्रदेशमाथि नैतिक दबाब त पक्कै पर्नेछ । आशा गरौँ, अरू प्रदेशले पनि प्रदेश १को सिको गर्नेछन् र संघीयता विरोधीलाई उत्तर दिनेछन् ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २६, २०७९  ११:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC