site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तुइनबाट खसेर बेपत्ता बालक भारतीय जंगलबाट खर काटेर फर्किँदै थिए...
सांकेतिक तस्बिर

धनगढी । दार्चुलामा भारतको जंगलबाट खर काटेर फर्कने क्रममा महाकालीमा तर्ने क्रममा तुईनबाट खसेर मृत्यु भएको छ । 

ब्यास गाउँपालिका–४ को डोकटका १० वर्षीय बालक दिपेन्द्र विष्ट तुइनबाट नदी तर्ने क्रममा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ । 

पुस २१ गते बालक तुईनबाट खसे पनि प्रहरीलाई २३ गते मात्रै खबर प्राप्त गरेको छ । 

ब्यास गाउँपालिका–४ को डोकटका १० वर्षीय बालक दिपेन्द्र विष्ट तुइनबाट नदी तर्ने क्रममा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगत मगरले बालक बिहीबार बिहान तुइनबाट तर्ने क्रममा बेपत्ता भए पनि शनिबार मात्र खबर प्राप्त भएको जानकारी दिए ।

बिहीबार बिहान बालककी आमा तुइनमार्फत खर काट्न भारतीय जंगलमा पुगेकी थिइन् ।  बालक पनि उनीसँगै गएका थिए । सोही क्रममा तुइनबाट खसेर बेपत्ता भएका थिए । 

प्रहरी निरीक्षक मगरले भने, “बिहीबार दिउँसोतिरको घटना हो । तर हामीले पनि भर्खरैमात्रै जानकारी पाएका छौँ ।”

बेपत्ता भएको जानकारीपछि बच्चाको खोजतलासमा भनेर प्रहरीलाई खटाइएको उनले जानकारी दिए ।

घटनास्थल जिल्ला सदरमुकामबाट धेरै टाढा छ ।  त्यहाँका स्थानीयहरु घाँस र खर काट्न भारततिर जाने चलन छ । 

घाँस ओसारपसारमा सजिलोका लागि स्थानीयले त्यस क्षेत्रमा तुइन हाल्छन् । त्यहीँबाट बालक खसेका हुन् । बालक ब्रह्मस्थान आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिए ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, पुस २४, २०७९  ०७:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro