site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
इन्टरनेट सेवा जुनसुकै बेला अवरुद्ध हुनसक्ने आईस्पानको चेतावनी

काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरुले नेपाल विद्युत प्राधिकरणका कारण जुनसुकै बेला पनि इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने चेतावनी दिएका छन् ।

इन्टरनेट सेवा प्रदायकहरूको संस्था (आईस्पान)ले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विद्युत् प्राधिकरणले एकतर्फी रुपमा आफूखुसी पोल भाडा बढाएको र आफूहरुको मागका विषयमा पनि कुनै सुनुवाइ नभएकाले जुनसुकै बेला पनि सेवा अवरुद्ध हुन सक्ने चेतावनी दिएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्राधिकरणको भाडादरको कारण उपभोक्तालाई समेत असर पर्ने भएकाले र डिजिटल नेपालको मर्मविपरीत भएकाले राज्यको उच्चस्तरीय समिति गठन भएर प्रतिवेदन दिएको तर प्राधिकरणले उक्त प्रतिवेदन कार्यान्वयन गर्न नमानेको आईस्पानको आरोप छ । 

पत्रकार सम्मेलनमा आईस्पानका अध्यक्ष सुधीर पराजुलीले प्राधिकरणले पुरानै भाडा तिर्ने र बढेको भाडा पनि तिर्ने सम्झौता गर्न दबाब दिइरहेको र भाडाकै निहुँमा इन्टरनेटको तार काटिरहेको बताए । 

उनले विद्युत् प्राधिकरणले आफैँ जबर्जस्ती ६०० देखि ७०० प्रतिशत पोल भाडा बढाएर मानव अधिकारको समेत उल्लंघन भएको उल्लेख गरे ।

प्रकाशित मिति: सोमबार, पुस १८, २०७९  १५:४८
प्रतिक्रिया दिनुहोस्