site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
शिल्पीमा  शिक्षामा आमुल परिवर्तनका मुद्दा बोकेको नाटक ‘ज्ञानको चिहान’ 

काठमाडौं । शिल्पी नाटक घरमा मञ्चन हुँदै गरेको ‘ज्ञानको चिहान’ नेपालको शिक्षा प्रणाली दर्शाउने नाटक हो । 

पुस १३ देखी शिल्पी नाटकघर बत्तिसपुतलीमा मञ्चन सुरु भएको नाटक ‘ज्ञानको चिहान’ ले विभिन्न राजनीति दलका विद्यार्थी संगठनको चंगुलमा फसेको शिक्षा प्रणालीलाई देखाएको छ । 

Dabur Nepal
NIC Asia

विश्वविद्यालयका भवनहरू खण्डहर हुँदै गएको,  विश्वविद्यालयकको गुणस्तर खस्किँदै गएको, वैज्ञानिक शिक्षा प्रणाली नभए पनि कसैको ध्यान नगएको नाटकले देखाउन खोजेको छ । 

विश्वविद्यालयमा विद्यार्थी संगठनको दादागिरी,  प्राध्यापकमाथिको अनावश्यक आरोप, शिक्षाका नाममा हुने ठगी धन्दा नाटकले देखाउन खोजेको छ । 

विद्यार्थी संगठनहरूको  भागवन्डामा होइन् विभिन्न खोज तथा अनुसन्धानमा केन्द्रित भएर देश निर्माणका लागि मुख्य भूमिका खेल्नुपर्ने नाटकले सन्देश दिन खोजेको छ । 

अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय अध्यक्ष पञ्चा सिंहको परिकल्पनामा र अनेरास्ववियु (क्रान्तिकारी)का केन्द्रीय शैक्षिक विभागको सहकार्यमा कलासी प्रोडक्सनले नाटक मञ्चन गरेको हो ।

संगीत सापकोटाले निर्देशन गरेको नाटक ‘ज्ञानको चिहान’लाई पूर्णबहादुर गन्धर्व, नरेश रेग्मी र आशिष घिमिरेले लेखेका हुन् । नाटक पुस ३० गतेसम्म मञ्चन हुने प्रोडक्सन म्यानेजर सगुन पोख्रेलले जानकारी दिइन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस १८, २०७९  १०:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro