site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
भट्ट मुख्यमन्त्री बन्ने बाटो खुल्यो
Sarbottam CementSarbottam Cement

डडेलधुरा । डडेलधुराको प्रदेशसभा क्षेत्र ‘क’बाट निर्वाचित खगराज भट्ट नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा चयन भएका छन् । आइतबार बसेको संसदीय दलको बैठकबाट भट्टलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरिएको माओवादी केन्द्रका सुदूरपश्चिम अध्यक्ष हरि चौधरी उत्सवले जानकारी दिए । भट्ट पार्टीको प्रदेश इन्चार्ज समेत हुन् ।

“प्रदेश कमिटीको सिफारिस र प्रदेशसभा सदस्यहरूको बैठकले भट्टलाई सर्वसम्मत रूपमा दलको नेता चयन गरेका छौँ,” प्रदेश अध्यक्ष चौधरीले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

दलको नेता छनोट गर्न शनिबार पनि माओवादीको बैठक बसेको थियो । संसदीय दलको कार्यालयमा बसेको सो बैठक साँझ ६ बजे बिनानिष्कर्ष सकिएको थियो । दलको नेतामा भट्टसँगै प्रदेशसभा सदस्य ओमविक्रम भाटले पनि दाबी गर्दै आएका थिए । माओवादी केन्द्रका सुदूरपश्चिम अध्यक्ष चौधरीका अनुसार भाटकै सहमतिमा भट्टलाई संसदीय दलको नेता चयन गरिएको हो ।

भट्ट नेता चयन भएसँगै उनलाई मुख्यमन्त्री बन्नका लागि बाटो खुलेको छ । उनलाई यसअघिको नेपाली कांग्रेस नेतृत्वको गठबन्धनले पनि मुख्यमन्त्रीका रूपमा अगाडि सारेको थियो । तर, अहिले केन्द्रमा नेकपा (एमाले) नेतृत्वको गठबन्धन छ । भागबन्डा गर्दा सुदूरपश्चिम सरकारको नेतृत्व माओवादी केन्द्रको भागमा पर्ने सम्भावना बलियो छ ।

Global Ime bank

अहिले पनि सुदूरपश्चिममा माओवादी नेतृत्वकै सरकार छ । प्रदेशमा पाँच वर्षको अवधिमा मन्त्री पटक–पटक फेरिए । तर, माओवादी केन्द्रबाट मुख्यमन्त्री भएका त्रिलोचन भट्टले अहिलेसम्म पनि सरकारको नेतृत्व गरिरहेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १७, २०७९  १२:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !