site stats
राजनीति
गठनबन्धनको निरन्तरता किन भएन ? देउवाले चित्त बुझ्दो जवाफ दिनुपर्छ : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेकपा (माओवादी केन्द्र) अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल 'प्रचण्ड' अहिले प्रधानमन्त्री बन्नु अराजनीतिक र अराजकताको पराकाष्ठ भएको टिप्पणी गरेका छन् । 

उनले आज विज्ञप्ति जारी गर्दै भनेका छन्, “संसद्बाट नयाँ सरकारको नेतृत्वमा प्रचण्डको सत्तारोहण अपेक्षित थिएन । संसदीय व्यवस्थामा यस्ता घटनाहरू असम्भव नभए पनि सामान्यतया अराजनीतिक र अराजकताको पराकाष्ठा मानिन्छ ।”

S.A.U
Agani Group

कोइरालाले संविधानको रक्षा र समृद्धिको यात्रा भनेर गठित भएको पार्टी सभापति तथा निर्वतमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठनबन्धनको निरन्तरता किन भएन भन्ने चित्तबुझ्दो जवाफ दिनुपर्नेसमेत बताएका छन्  ।

“संविधानको रक्षा र समृद्धिको यात्रा गर्ने भनी गठित शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको निरन्तरता किन र कसरी सम्भव भएन हाम्रो अगाडि यो प्रश्न गम्भीर रूपमा अगाडि आएको छ,” विज्ञप्तिमा भनिएको छ, “हामीले यसको चित्तबुझ्दो जवाफ कांग्रेस कार्यकर्ता, समर्थक, शुभेच्छुक लगायत सबै आम नेपाली माझ दिनुपर्छ भन्ने मान्यता म राख्छु ।”

Global bank

उनले प्रचण्डलाई प्रधानमन्त्री बनेकोमा बधाई समेत दिएका छन् ।

प्रकाशित मिति: सोमबार, पुस ११, २०७९  १८:३१
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय