site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माधव नेपाल सोचेजस्ता रहेनछन्, देउवाले धोका दिए : प्रचण्ड 

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल देखे र सोचेजस्ता व्यक्ति नरहेको टिप्पणी गरेका छन् ।

पदाधिकारीको बैठकमा ब्रिफिङ गर्दै उनले यस्तो बताएका हुन् ।

प्रचण्डको भनाई उद्धृत गर्दै एक पदाधिकारीले भने, “माधव नेपाल मैले सोचेजस्ता रहेनछन् । समग्र प्रक्रियामा माधव नेपालको भूमिका ठिक भएन । जता पनि अप्ठेरो पार्ने उनको स्वभाव रहेछ ।”

त्यसैगरी शेरबहादुर देउवाकै कारण गठबन्धन टुटेको प्रचण्डको भनाई थियो ।

“देउवा पूर्वसहमतिबाट पछि हटे, माओवादीलाई धोका दिन खोजे,” उनको भनाई थियो, “हामीसँग गठबन्धन हुँदाहुँदै एमालेसँग मिल्न खोजे । समय घर्काएर आफैं प्रधानमन्त्री हुने र एमालेको समर्थन लिने उनको रणनीति थियो । यो सबै बुझेपछि हामीले नयाँ पहल थालेका हौँ ।”

यसबीचमा एमालेसँग विभिन्न चरणमा कुराकानी भइरहेको दाहालको भनाई थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस ११, २०७९  ११:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro