कला

काठमाडौं । हरर थ्रिलर चलचित्र ‘चि मुसी चि ः इभन डेड डिजायर बिलोङ्गिङ’को ट्रेलर सार्वजनिक गरिएको छ । २ मिनेट ५२ सेकेण्ड लामो ट्रेलरकम अदृश्य शक्तिसँग बच्न पात्रहरुले गर्नु परेको संघर्ष देखिन्छ ।
मिर्ना जेम्स र यश सैनी निर्देशित चलचित्रले दर्शकमा डर र कौतुहलता जगाउने प्रयास गरेको छ ।
मिर्ना र यश कै कथा, पटकथा रहेको चलचित्रमा ऋचा शर्मा, प्रियंका कार्की, बेनिशा हमाल, आयुषमान देशराज जोशी, रविन्द्र झा, राजन खतिवडालगायत कलाकारको अभिनय छ ।
सार्वजनिक ट्रेलरले दर्शकमा कौतुहलता पैदा गर्नेमा निर्माण पक्ष ढुक्क छ ।
चलचित्र पुस २२ देखि अलनेपाल प्रदर्शनमा आउनेछ । सुशन प्रजापतिको छायांकन रहेको चलचित्रलाई यश सैनीले सम्पादन गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, पुस ७, २०७९ ०६:३४
प्रतिक्रिया दिनुहोस्