site stats
बाह्रखरी :: Baahrakhari
देश
टिपरको ठक्करबाट रूपनीमा बालिका मृत्यु घटना : प्रत्यक्षदर्शी भन्छन्– चालकले 'ब्याक' गरेर मारे

सप्तरी । सप्तरीको रूपनी गाउँपालिका वडा नम्बर १ की १२ वर्षीया रिताकुमारी यादव कन्छु नरप्रताप मावि नकटी रायपुरमा कक्षा ६ मा पढ्थिइन् । सधैँझै मंगलबार बिहान पनि उनी विद्यालय जाँदै थिइन् । साइकल चढेर । रूपनी चोक हुँदै । बिहानको साढे ९ भएको थियो । 

रूपनी चोकदेखि सय मिटर दक्षिणतर्फको स्थानमा पुगेका बेला उनलाई ना १ क ८५४२ नम्बरको टिपरले ठक्कर दियो । उनी सडकमा लडिन् । सदाका लागि ।

प्रत्यक्षदर्शीहरूले भने चालकले टिपर ब्याक गरेको मारेको दाबी गरेका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कन्छु नरप्रताप माविमै कक्षा १० मा अध्ययनरत रविना कुमारी यादव र चाँदनी कुमारी यादवको भनाइमा टिपर चालकले 'ब्याक गरेर मारेका' हुन् । 

“रिता साइकल चढेर स्कुल जाँदै थिइन् । टिपरले लागेर उनी लडिन् । उनी उठ्दै थिइन् । तर, टिपर चालकले गाडी ब्याक गर्‍यो । उनलाई किचेर मार्‍यो," रविनाको दाबी छ । 

Rupani11671542287.jpg

राजविराज–रूपनी सडकखण्डमा टिपरको ठक्करबाट रिताको घटनास्थलमै मृत्यु भएपछि रूपनी दिनभर तनावग्रस्त रह्यो । रिताका आफन्तसहित स्थानीय र विद्यार्थीहरूले दिनभर पूर्वपश्चिम राजमार्ग र रूपनी–राजविराज सडकखण्ड अवरुद्ध पारे । नाराबाजी गरे ।

तनाव बढ्दै गएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ८ राउन्ड अश्रुग्याँस र १० राउन्ड हवाइ फायर गरेको थियो ।

मृतक रिताका बुवा शंकर यादव रोजगारीका लागि विदेशमा छन् ।

Rupani31671542272.jpg

वार्ताको सहमतिपछि स्थिति सामान्य

आन्दोलित पक्ष र प्रशासनबीच भएको प्रारम्भिक सहमतिपछि रूपनीको स्थिति सामान्य बनेको छ । इलाका प्रहरी कार्यालय रूपनीमा भएको पहिलो चरणको वार्तामा चालकलाई कारबाही गर्ने, मृतकको परिवारलाई क्षतिपूर्ति दिने, निर्माण व्यवसायीबाट थप क्षतिपूर्तिको व्यवस्था गर्नेलगायतका बुँदामा सहमति भएको रूपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवले बताए ।

बुधबार ११ बजे जिल्ला प्रशासन कार्यालयमा सडक डिभिजन कार्यालय लहान, निर्माण व्यवसायी र सुरक्षा निकायबीच वार्ता हुने जिल्ला प्रहरी कार्यालय सप्तरीका नायव प्रहरी उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।

Rupani41671542272.jpg

“भोलि बिहान ११ बजे सबै पक्षलाई बोलाएर वार्ता गर्ने सहमति भएको छ । अहिलेलाई प्रहरीले मुचुल्का गरेर घटनास्थलबाट शव पोस्टमार्टमका लागि पठाउने सहमति भएको छ,” सिंहले भने ।

रूपनी गाउँपालिकाका पूर्व अध्यक्ष हरेराम यादव भने आफूहरूका माग पूरा नभएसम्म मृतकको शव नबुझ्ने बताउँछन् । आजको छलफलमा मृतकको तर्फबाट कन्छु नरप्रताप मावि नकटी रायपुरका प्रधानाध्यापक परशुराम यादव, विद्यालय व्यवस्थापन समिति अध्यक्ष दुर्गानन्द ठाकुर र आफन्तहरू सहभगी थिए ।

प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९  १९:०५
प्रतिक्रिया दिनुहोस्