संसद् निर्वाचन २०७९,राजनीति
समानुपातिक सांसदलाई आयोगले दियो प्रमाणपत्र (तस्बिरहरू)
1671357431.jpg)
काठमाडौं । निर्वाचन आयोगले नवनिर्वाचित समानुपातिक सांसदहरुलाई प्रमाणपत्र प्रदान गरेको छ ।
आइतबार निर्वाचन आयोगमा आयोजित कार्यक्रममा सचिव गोकर्णमणि दुवाडीले निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका हुन् ।
प्रतिनिधिसभातर्फ ११० समानुपातिक सांसद निर्वाचित भएका छन् । जसमा नेकपा (एमाले)का ३४, नेपाली कांग्रेसका ३२, नेकपा (माओवादी केन्द्र)का १४, राष्ट्रिय स्वतन्त्र पार्टीका १३ सांसद छन् ।
त्यसैगरी राप्रपा नेपालका ७, जनता समाजवादी पार्टी र जनमत पार्टीका ५–५ जना रहेका छन् ।
प्रकाशित मिति: आइतबार, पुस ३, २०७९ १५:३८