site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सञ्चारमन्त्री भन्छन्– चोलेन्द्रविरुद्वको महाअभियोग प्रस्तावमाथि अबको संसद्मा छलफल हुन्छ
फाइल तस्बिर ।

काठमाडौं । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधिसभामा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथिको छलफल जीवितै रहेको बताएका छन् ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मन्त्री कार्कीले अबको प्रतिनिधिसभामा जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल हुने बताए ।

“प्रतिनिधिसभामा निलम्बित प्रधानन्यायधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोगको प्रस्तावमाथि छलफल भएर त्यो छलफलको प्रतिवेदन पेस भएको छ । त्यो अर्को प्रतिनिधसिभामा छलफल हुने हो । त्यो विषय जीवितै छ,’ उनले बुधबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा भने, ‘यो महाअभियोग सार्वभौमसम्पन्न संसद्को सम्पत्ति हो । यसको छलफल आउने प्रतिनिधिसभामा हुन्छ र छलफल भएरै निर्णयमा पुग्छ ।”

बुधबारै संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको पत्र राष्ट्रपतिको कार्यालय, सर्वोच्च अदालतलगायत निकायमा पठाएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९  १४:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro